Home समाचार विदेशमा चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीले स्वदेशमै प्रयोगात्मक अभ्यास गर्न पाउने

विदेशमा चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीले स्वदेशमै प्रयोगात्मक अभ्यास गर्न पाउने

by ईलालटिन
0 comment

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोभिड–१९ का कारण प्रयोगात्मक अभ्यास पूरा नगरेका विदेशमा चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीलाई आवेदन दिन आह्वान गरेको छ।

कोभिडका कारण सम्बन्धित विदेशी विश्वविद्यालयमा प्रयोगात्मक अभ्यासको अवधि पूरा गर्ने अवस्था नभएका विषयमा स्वदेशमै प्रयोगात्मक अभ्यास अगाडि बढाउन आवश्यकपर्ने कार्यविधि तयार गर्ने विषयमा सुझाव दिन गठित कार्यदलको सुझाव बमोजिम मन्त्रालयले सो आह्वान गरिएको हो।  कार्यदलबाट सन् २०१५ को व्याचमा भर्ना भई हालसम्म सैद्धान्तिक अध्ययन पूरा गरेका विद्यार्थीलाई नेपालमा नै बाँकी अवधि प्रयोगात्मक अध्यास पूरा गर्नेसम्बन्धी चिकित्सा आयोग तथा सम्बन्धित निकायबाट विश्लेषणका लागि मन्त्रालयमार्फत आवश्यक विवरण सङ्कलन गर्न सिफारिस भएको थियो ।

आवेदन दिने विद्यार्थीले स्नातक तहको पढाइ पूरा भएको पत्र वा सैद्धान्तिक परीक्षा उत्तीर्ण भएको प्रमाणपत्र, आफू अध्ययनरत कलेज, विश्वविद्यालयमा गरेको प्रयोगात्मक अभ्यासको अवधि खुल्ने विवरणको कागजात पेश गर्नुपर्नेछ । आवेदन यही असोज १२ गते- खुला भई यही असोज २२ गतेसम्म कायम रहने मन्त्रालयले जनाइएको छ। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com