Home विश्व/प्रवास फ्रान्समा १४ करोड बढीमा लिलाम भए भित्तामा भेटिएका सुनका २३५ सिक्का

फ्रान्समा १४ करोड बढीमा लिलाम भए भित्तामा भेटिएका सुनका २३५ सिक्का

by ईलालटिन
0 comment

पेरिस । फ्रान्समा एउटा बंगलाको भित्तामा भेटिएका सुनका सिक्काको लिलामी गरिएको छ। बेलायती समाचार पत्र द गार्डियनका अनुसार फ्रान्सेली क्रान्ति हुनुभन्दा पहिलाका ती सिक्का ढुंगाको काम गर्ने कालिगढले उत्तर पश्चिमी फ्रान्सको केन्पर सहरमा एउटा बंगला पुनर्निर्माण गर्दा फेला पारेका थिए।

उनीहरूले सन् २०१९ मै  सुनका सिक्का फेला पारेको भए पनि यो घटना सार्वजनिक भएको थिएन। उक्त सम्पत्तिका मालिकले चार वटा सिक्का आफूले राखेर बाँकी २३५ सिक्का लिलामीमा राखेपछि घटना बाहिर आएको हो।बुधबार ती सिक्का १२ लाख डलर (१४ करोड भन्दा बढी रुपैयाँ) मा बिक्री भएका छन्।

लिलामीकर्ताले ती सिक्का तत्कालीन समयका धनी व्यापारी वा जमिनदारले बचतका रूपमा राखेको हुन सक्ने बताएका छन्। सिक्का लिलामबाट आएको पैसा सम्पत्तिका मालिक र सिक्का पत्ता लगाउने तीन जना कालिगढले बाँडेर लिने जनाइएको छ। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com