Home समाचार लुम्बिनी प्रदेश सभा बैठक फेरि स्थगित

लुम्बिनी प्रदेश सभा बैठक फेरि स्थगित

by ईलालटिन
0 comment

रुपन्देही  ।  लुम्बिनी प्रदेश सभाको बैठक फेरि स्थगित भएको छ । आज दिउँसो १ बजेका लागि बोलाइएको  बैठक स्थगित भएको प्रदेश सभा सचिवालयले सूचनामार्फत जनाएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलले पार्टीको विधान महाधिवेशनमा सहभागी हुनुपर्ने कारण देखाएपछि बैठक सारिएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

 प्रदेश सभाको अर्को बैठक यही असोज २० गते बुधबार दिउँसो १ बजेका लागि बोलाइएको  प्रदेशसभा सचिव दुर्लभ पुन मगरले बताए । लुम्बिनी प्रदेश  सभा एमालेले दुई सांसद विमला वाेली र अजय बहादुर शाहीलाई  कारवाही गर्न माग गर्दै आएकाे छ, सोही माग पुरा हुन नसक्दा एमालेले बैठक अवरुद्ध पार्दै आएको छ । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com