Home समाचार एमालेमा १० बुँदे सहमति कार्यान्वयनका लागि भीम रावल संयोजक

एमालेमा १० बुँदे सहमति कार्यान्वयनका लागि भीम रावल संयोजक

by ईलालटिन
0 comment

काठमाडौं । नेकपा एमालेले १० बुँदे सहमति कार्यान्वयनका लागि उपाध्यक्ष भीम रावललाई संयोजक तोकेको छ। सोमबार बसेको स्थायी कमिटी बैठकले १० बुँदे सहमति कार्यान्वयनका लागि गठित सात सदस्यीय कार्यदलको संयोजकमा रावललाई तोकेको हो।

कार्यदलमा महासचिव इश्वर पोखरेल, उपमहासचिव विष्णु पौडेल, घनश्याम भुसाल तथा स्थायी समिति सदस्यहरु लेखराज भट्ट, सुरेन्द्र पाण्डे र शंकर पोखरेल छन्। १० बुँदे सहमति अनुसार एमाले २०७५ जेठ २ को संगठनात्मक प्रणालीमा नगएको भन्दै रावलले व्यापक असन्तुष्टि जनाएका थिए। पार्टीको सुदूरपश्चिम इन्चार्जमा लेखराज भट्टलाई नै अध्यक्ष केपी शर्मा ओलीले निरन्तरता दिएपछि रावल असन्तुष्ट बन्दै आएका थिए। रावलले १० बुँदे सहमति खारेज गरेर देखाउन ओलीलाई चुनौती समेत दिएका थिए। तिनै रावललाई ओलीले कार्यदल संयोजक बनाएका हुन्।

त्यस्तै बैठकमा ओलीले सुदूरपश्चिम लगायतका विवाद टुंग्याउन निर्देशन दिएको एमाले प्रचार प्रसार विभागका प्रमुख योगेश भट्टराईले सेतोपाटीलाई बताए। माओवादीबाट आएकाहरुको समेत सम्मान हुनेगरी जेठ २ लाई रचनात्मक कार्यान्वयन गरिने भट्टराईले बताए। त्यस्तै बैठकमा एकमतले विधान महाधिवेशनमा जाने सहमति भएको भट्टराईले जानकारी दिए। एमालेको विधान महाधिवेशन असोज १५ देखि १७ गतेसम्म गोदावरीमा हुँदैछ।

सोमबारको स्थायी कमिटी बैठकमा पार्टीभित्र देखिएका असहमतिहरुलाई आन्तरिक रुपमै छलफल गरेर टुंगो लगाउने सहमति समेत भएको छ। तत्काल विवादित विषयमा बाहिर बोल्नभन्दा पनि कमिटीमै छलफल गरेर निष्कर्ष निकाल्ने नेताहरुबीच सहमति बनेको एक स्थायी कमिटी सदस्यले दावी गरे। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com