काठमाडौं । बुद्ध एयरलाइन्सको जहाज विराटनगरमा ल्याण्ड हुन नसकेपछि काठमाडौं फर्किएको छ। आइतबार बिहान विराटनगर गएको ९ एन एएनआई एटिआर जहाज विराटनगर विमानस्थलमा अवतरण हुन लाग्दा समस्या देखिएको थियो। त्यसपछि जहाज काठमाडौं फर्किएको हो।
जहाजको ल्याण्डिङ गियरमा समस्या भएको बताइएको छ। काठमाडौं फर्किएपछि पनि जहाज ल्याण्ड हुन सकेको छैन। त्रिभुवन विमानस्थल स्रोतले उक्त जहाजलाई काठमाडौंमा अवतरण गराउने प्रयास भइरहेको जनाएको छ। ‘पाइलटले प्राविधिक समस्या आएको बताएका छन्। हामीले अरू उक्त जहाजलाई प्राथमिकतामा राखेर प्रक्रिया पूरा गरी अवतरण गराउने प्रयास गरिरहेका छौं,’ विमानस्थल स्रोतले भन्यो स्रोतका अनुसार जहाजको इन्धन सकिएपछि अवतरण गराउने तयारी भइरहेको छ। ‘धावनमार्गमा सबै तयारी भइसकेको छ। इन्धन सकिएपछि अवतरण गराउँछौं,’ स्रोतले भन्यो। सेतोपाटी ।