Home विशेष अध्यादेश खारेज गर्न प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक

अध्यादेश खारेज गर्न प्रधानमन्त्री देउवाले बोलाए मन्त्रिपरिषद् बैठक

by ईलालटिन
0 comment

काठमाडौं । दल विभाजनसम्बन्धी अध्यादेश खारेज गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद बैठक बोलाएका छन् । सोमबार बेलुका चार बजेका लागि मन्त्रिपरिषद बैठक बोलाइएको एक मन्त्रीले जानकारी दिए ।सत्ता गठबन्धनका शीर्ष नेताबीचको सहमतिअनुसार सोमबार चार बजे बस्ने मन्त्रिपरिषद बैठकले अध्यादेश खारेजको निर्णय गर्ने भएको हो ।

मन्त्रिपरिषदको निर्णय लगत्तै अध्यादेश खारेजको सिफारिस राष्ट्रपतिसमक्ष पेश गर्ने तयारी भएको छ ।सत्तारुढ गठबन्धन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि अध्यादेश फिर्ता लिने तयारी भएको पार्टी स्थायी कमिटी बैठकमा सोमबार बिहान ब्रिफिङ गरेका छन् । माओवादी केन्द्रका एक स्थायी कमिटी सदस्यले बैठकमा प्रचण्डले अध्यादेश फिर्ता लिन आजै चार बजे मन्त्रिपरिषद बैठक बस्ने र त्यसलगत्तै सत्ता गठबन्धनको बैठक बसेर मन्त्रालय भागबण्डामा छलफल हुने ब्रिफिङ गरेका बताए ।

चाँडोभन्दा चाँडो मन्त्रिमण्डललाई पूर्णता दिनेगरी तयारीहरु भइरहेका छन् । त्यसका लागि प्राविधिक पक्षका अप्ठेरा फुकाउन प्रधानमन्त्रीले प्रक्रिया अघि बढाउनुहुन्छ’, प्रचण्डको भनाइ उधृत गर्दै ति नेताले भने ‘भोलिसम्ममा कुन मन्त्रालय कसले पाउने भन्ने विषय पनि टुंगो लाग्नसक्छ । माओवादी केन्द्रका स्थायी समिति सदस्य गणेश साहले बैठकले खासै ठुलो निर्णय नगरेपनि पार्टीको स्थानीय तहको अधिवेशन मिति हेरफेर तथा सरकारको पूर्णताको लागि कानून, अध्यादेश तथा सर्वोच्च अदालतमा रहेको मुद्दाको विषयमा छलफल भएको जानकारी दिए । सरकारले गत साउन २ गते दल विभाजनसम्बन्धी अध्यादेश ल्याएको थियो । संविधान अनुसार संसदको अधिवेशन सञ्चालनमा आएको पहिलो बैठकमा अध्यादेश पेस गर्नुपर्छ । अध्यादेश पेस भएसँगै ६० दिनभित्र सरकारले प्रतिस्थापन विधेयक ल्याउन सक्ने व्यवस्था छ । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com