Home समाचार एनआरएनएको अध्यक्ष पदमा कूल आचार्यको पनि उम्मेदवारी घोषणा

एनआरएनएको अध्यक्ष पदमा कूल आचार्यको पनि उम्मेदवारी घोषणा

by ईलालटिन
0 comment

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) का पूर्व उपाध्यक्ष कूल आचार्यले अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन्। आईतबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी एनआरएनएका सल्लाहकारसमेत रहेका आचार्यले औंपचारिक रुपमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन्।

एनआरएनएलाई थप सम्मानित, मर्यादित र प्रतिष्ठित बनाउन आफूले अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको पनि उनले बताए। संस्थाका संस्थापक र अग्रजको साथ विश्वभर रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीको सुझाव, भावना, चाहनाका आधारमा मैले आसन्न महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिने निर्णय गरेको छु’, उनले भने, ‘विश्वभरी रहनुभएका तपाई सम्पूर्ण गैर आवासीय नेपाली दाजुभाइ तथा दिदीबहिनीको अमूल्य आर्शिवाद, सहयोग, समर्थन, शुभकामनाले निर्वाचित हुनेमा म विश्वस्त छु। र मैले संकल्प गरेको छु कि तपाई हामी सबैको गैर आवासीय नेपालीहरुको पवित्र मन्दिर गैर आवासीय नेपाली संघलाई मैले थप सम्मानित, मर्यादित र प्रतिष्ठित बनाउने छु।’

आचार्यले आफू अध्यक्षमा निर्वाचित भएमा कोभिडका कारण रोजगारी गुमाएर फर्किएका युवाहरुका लागि ‘एक एनआरएन एक रोजगार अभियान’ सुरु गर्ने, विदेशमा हुर्किरहेका बालबालिकाहरुलाई नेपाली भाषा सिकाउन पाठ्यपुस्तक र मोबाईल एप निर्माण गर्न अनलाईन कक्षाहरु संचालन गर्ने, एनआरएन खेल प्रतिभाहरुको विकासमा सघाउन ‘एनआरएनए खेलकुद प्रतिष्ठान’ स्थापना गर्ने प्रतिवद्धता समेत जनाए। उनले एनआरएन तथा नेपालमा रहेका तिनका परिवारलाई सहुलियत दरमा गुणस्तरीय सेवा उपलब्ध गराउन विभिन्न स्वास्थ्य संस्थाहरुसँग सम्झौंता गर्ने आश्वासन समेत दिए। एनआरएनएको दशौं विश्व सम्मेलन आगामी अक्टोबरको २३–२५ मा काठमाडौंमा हुँदैछ।संघको १० औं महाधिवेशमार्फत नयाँ नेतृत्वको लागि अमेरिकाकी रविना थापा र रूसका बद्री केसीले पनि उम्मेद्वारी दिएका छन्।  सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com