Home विश्व/प्रवास दुई पटक अग्रता जोगाउन नसक्दा लिभरपुल बराबरीमा

दुई पटक अग्रता जोगाउन नसक्दा लिभरपुल बराबरीमा

by ईलालटिन
0 comment

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा लिभरपुल बराबरीमा रोकिएको छ।लिभरपुललाई शनिबार राति भएको खेलमा ब्रेन्टफोर्डले ३-३ गोलको बराबरीमा रोकेको हो। खेलको २७ मिनेटमा पिन्नोकले गोल गरेर ब्रेन्टफोर्डलाई अग्रता दिलाए। ३१ मिनेटमा लिभरपुलका जोटाले बराबरी गोल फर्काए।

५४ मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए। तर ६३ मिनेटमा ब्रेन्टफोर्डका जनेटले बराबरी गोल गरे।६७ मिनेटमा जोन्सले गोल गरेपछि लिभरपुलले खेलमा दोस्रो पटक अग्रता लियो। तर ८२ मिनेटमा ब्रेन्टफोर्डका विसाले बराबरी गोल गर्न सफल भए। अंक तालिकाको शीर्ष स्थानमा रहेको लिभरपुलको ६ खेलबाट १४ अंक भएको छ।दोस्रो स्थानको म्यानचेस्टर सिटीको ६ खेलबाट १३ अंक  छ। तेस्रो स्थानको  चेल्सी र चौथो स्थानको म्यानचेस्टर युनाइटेडको पनि समान १३-१३ अंक छ। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com