Home समाचार ललितपुरमा भेटियो कपनको ढलमा परेका १० वर्षीय उज्ज्वलको शव

ललितपुरमा भेटियो कपनको ढलमा परेका १० वर्षीय उज्ज्वलको शव

by ईलालटिन
0 comment

काठमाडौं । काठमाडौंको कपनस्थित ढलमा खसेर बेपत्ता रहेका १० वर्षीय उज्ज्वल विकको शव फेला परेको छ। ललितपुरको बागमती* गाउँपालिका वडा नम्बर १ घुसेलस्थित बागमती नदी किनारमा उनको शव फेला परेको प्रहरीले जनाएको छ। गत मंगलबार उज्ज्वल कपनस्थित ढलमा खसेका थिए।

ढलमा खसेर बेपत्ता भएको ५ दिनपछि उनको शव फेला परेको हो। महानगरीय प्रहरी परिसर ललितपुरकी एसएसपी किरण बज्राचार्यका अनुसार स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। शनिबार साँझ स्थानीयले शव बागमती नदी किनारमा देखेका थिए। ‘उनको अनुहार चिन्न गाह्रो हुने खालको छ। उनले कपन मावि लेखेको लुगा लगाएको भेटिएको छ,’ बज्राचार्यले भनिन्, ‘चापागाउँमा बस्ने उनको माइजु नाता पर्ने महिला शव फेला परेको स्थानमा आउँदै हुनुहुन्छ।’

शवको पोष्टमार्टम गर्न त्यहाँबाट ललितपुरस्थित पाटन अस्पतालमा ल्याइँदैछ। प्रहरीले शवलाई दुई घण्टा बोकेर टीकाभैरवसम्म ल्याउनु पर्ने एसएसपी बज्राचार्यले बताइन्।टीकाभैरवबाट गाडीमा हालेर ल्याउन लागेको हो। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com