Home समाचार काँग्रेस अधिवेशन : बुटवल उपमहानगरको सभापतिमा पौडेल पक्षका पाण्डे विजयी

काँग्रेस अधिवेशन : बुटवल उपमहानगरको सभापतिमा पौडेल पक्षका पाण्डे विजयी

by ईलालटिन
0 comment

बुटवल । नेपाली काँग्रेस बुटवल उपमहानगरपालिकाको सभापतिमा खेलराज पाण्डे विजयी भएका छन् । उनले ४१२ मत ल्याएर विजयी भएका हुन् । यस्तै अर्को प्रतिस्पर्धी रिता केसीले भने १२४ मत ल्याएकी छन् । पाण्डे रामचन्द्र पौडेल निकट हुन् ।

यस्तै अन्य पदाधिकारीहरु -पनि पाण्डे प्यालनकाबाट निर्वाचित भएका छन् । उपसभापति ज्योति भण्डारी  र हितमान पुन  विजयी भएका छन् । उनीहरुले नर बहादुर रजाली र हरिलाल सुनारलाई पराजीत गरेका  हुन् । सचिवमा गंगा पन्थी  र छाया पोखरेल तथा सहसचिवमा देवलाल अर्गली  र गणेश घिमिरे विजयी भएका छन् ।पाण्डे यो सँगै लगातर तेस्रो कार्यकार्य सभापति पदमा विजयी भएका हुन् ।

यस्तै नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत भएको निर्वाचनमा देवदह नगरपालिकाको सभापतिमा गुणाखर भुर्तेल १०३ मतसहित विजयी ब-नेका छन् । उनी रामचन्द्र पौडेल पक्षका हुन्। उनले झबिन्द्र पाण्डेलाई ३ मतले हराएका हुन् । पाण्डेको १ सय मत थियो । यस्तै उपसभापतिमा पौडेल पक्षका प्रमोद यादव ११७ र देउवा पक्षका अमर लामिछाने १०२ मतसहित बिजयी बनेका हुन् ।रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com