Home विश्व/प्रवास गुगलले झन्डै साढे २ खर्ब रुपैयाँ खर्चेर न्युयोर्कमा किन्ने भयो अफिस

गुगलले झन्डै साढे २ खर्ब रुपैयाँ खर्चेर न्युयोर्कमा किन्ने भयो अफिस

by ईलालटिन
0 comment

न्युयोर्क ।  सर्च इन्जिन कम्पनी गुगलले अमेरिकाको न्युयोर्कमा कार्यालय भवनका लागि झन्डै साढे २ खर्ब रुपैयाँ खर्च गर्ने भएको छ। गुगलका प्रमुख आर्थिक अधिकृत (सिएफओ) रूथ पोराटले २.१ अर्ब डलर (२ खर्ब ४७ अर्ब रुपैयाँ) खर्चेर म्यानहटनमा कार्यालयका लागि भवन किन्ने योजना सार्वजनिक गरेका हुन्।

अमेरिकी समाचार पत्र द न्युयोर्क टाइम्सले कोरोना महामारीपछि सुस्ताएको म्यानहटनको रियल स्टेट कारोबारमा गुगलको यो घोषणाले आशाको सञ्चार गरेको बताएको छ। सन् २०१९ को अन्त्यदेखि सुरू भएको कोरोना महामारीका कारण अझै पनि धेरै कम्पनीहरूले सबै कर्मचारीहरूलाई कार्यालयमा नबोलाई वर्क फ्रम होममा राखेका छन्।

गुगलले पनि सबै कर्मचारीलाई साताको पाँचै दिन कार्यालयमा बोलाएको छैन। कम्तीमा सन् २०२२ को पहिलो त्रैमाससम्म गुगलका सबै कर्मचारी कार्यालयमा हाजिर हुने छैनन्। न्युयोर्क सहरमा गुगलका १२ हजार कर्मचारी छन्। थप दुई हजार नयाँ कर्मचारी राख्ने गुगलको योजना छ। सिएफओ पोराटका अनुसार गुगलको नयाँ कार्यालय सन् २०२३ को मध्यतिरबाट सञ्चालनमा आउनेछ।

महामारीका बेला झन् नाफा बढेका टेक्नोलोजी कम्पनीहरूले म्यानहटनमा घटेको रियल स्टेटको मूल्यको फाइदा उठाइरहेका छन्। अमेजन कम्पनीले गत वर्ष फिफ्थ एभेन्युमा ९७८ मिलियन डलर खर्चेर लर्ड एन्ड टेलर भवन किनेको थियो भने फेसबुकले फार्ले बिल्डिङ कार्यालय चलाउन भाडामा लिएको थियो।  सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com