Home विशेष कोरोना परीक्षण नगरी दशैंतिहारमा गण्डकी प्रदेश छिर्न नपाइने

कोरोना परीक्षण नगरी दशैंतिहारमा गण्डकी प्रदेश छिर्न नपाइने

by ईलालटिन
0 comment

पोखरा । कोरोना परीक्षण नगरी अब गण्डकी प्रदेश प्रवेश गर्न नपाइने भएको छ । प्रदेश प्रवेश गर्ने सबै नाकामा एन्टिजेन परीक्षणको व्यवस्था गरिने प्रदेश सरकारले जनाएको छ ।

मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सोमबार आयोजित पत्रकार सम्मेलनमा कोरोना पोजिटिभ भए बस्नलाई छुट्टै व्यवस्था गरिने बताए । विज्ञहरूले कोरोना भाइरसको तेस्रो लहरको चेतावनी दिइरहँदा प्रदेश सरकारले चाडपर्वमा प्रदेश प्रवेशमा कडाइ गर्ने भएको हो ।

प्रदेश प्रवेश गर्ने तनहुँको मुग्लिङ, नवलपुरको त्रिवेणी, स्याङ्जाको राम्दीमा स्वास्थ्य परीक्षण बिट नै राखिने भएको हो । ‘नाकाहरूमा बिट राखेर कोरोना परीक्षण गर्छौं । कसैलाई संक्रमण देखिए छुट्टै राख्ने व्यवस्था गर्छौं,’ मुख्यमन्त्री पोखरेलले भने ।

तेस्रो लहरमा बालबालिका बढी प्रभावित हुने देखिएकाले त्यहीअनुसार बेड छुट्याएर उपचार गरिने मुख्यमन्त्री पोखरेलले बताए । गण्डकी प्रदेशमा अहिले दैनिक डेढ सयदेखि साढे दुई सय जनासम्म संक्रमित भेटिएका छन् ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार सोमबारसम्म गण्डकी प्रदेशमा ८४ हजार ४७६ जनामा कोरोना पुष्टि भएको छ । तीमध्ये ८१ हजार ४९१ जना कोरोनामुक्त भएका छन् भने १३ सय ४६ जनाको मृत्यु भएको छ ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com