Home समाचार प्रगतिशील पत्रकारको काठमाडौं जिल्ला अध्यक्षमा दानी

प्रगतिशील पत्रकारको काठमाडौं जिल्ला अध्यक्षमा दानी

by ईलालटिन
0 comment

काठमाडौं । प्रगतिशील पत्रकार संघको काठमाडौंको अध्यक्षमा रोशन दानी चयन भएका छन् । शनिबार भएको जिल्ला भेलाले दानीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको बताइएको छ ।

समितिको उपाध्यक्षमा विपिन पोख्रेल, सचिव लक्ष्मण बेल्वासे र कोषाध्यक्षमा किरण पाण्डे चयन भएका छन् । सदस्यहरूमा सुमन चापागाईँ, अस्मिता क्षेत्री, गणेश विक, निरुल महर्जन र लक्ष्मी चौधरी रहेका छन् । नव निर्वाचित अध्यक्ष दानीले आमसञ्चारकर्मीको अधिकार र श्रमजीवी पत्रकारको पक्षमा लडिरने बताएका छन् । ‘उत्पीडनमा परेका समुदाय र आवाज विहिनहरुको पक्षमा काम गर्दै विकृति र विसंगतीको विरुद्ध लड्छु’ दानीले रातोपाटीसँग भने । भेलाले प्रकाश थापा मगर, लक्ष्मणदेव पाण्डेय र गोपाल सुवेदीलाई सल्लाहकार चयन गरेको छ ।

कार्यक्रममा प्रगतिशील पत्रकार संघ, नेपाल बागमती प्रदेश अध्यक्ष रमेश पौडेलले नयाँ समितिको कार्यकाल चुस्त, दुरुस्त ढंगबाट पत्रकारको हकहितमा काम गर्न सुझाव दिए । राष्ट्रिय जनमोर्चाका नेता आनन्द शर्माले राष्ट्रियताको लडाई आमसञ्चार जगत सशक्त रुपमा लड्नुपर्ने बताए । आम सर्वहारा र उत्पीडित वर्गको न्यायका लागि आम पत्रकारहरुले कलमको माध्यमबाट निरन्तर लागि रहेको बताए । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
elaltin77@gmail.com
nepalkomaya77@gmail.com

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com