Home समाचार संविधान संशोधन गर्न संविधान दिवसकै दिन बृहत नागरिक आन्दोलनले दबाब दिने

संविधान संशोधन गर्न संविधान दिवसकै दिन बृहत नागरिक आन्दोलनले दबाब दिने

by ईलालटिन
0 comment

काठमाडौं ।  बृहत् नागरिक आन्दोलनले असोज ३ गते संविधान संशोधनका लागि दबाब दिने उद्देश्यले राजधानीमा मार्च (र्याली) आयोजना गर्ने भएको छ । संविधान दिवसकै दिन पारेर नागरिक आन्दोलनले दिउँसो २ बजे माइतीघरबाट संसद् भवन अगाडिसम्म र्याली आयोजना गर्ने भएको हो ।

सो अवसरमा ‘संविधान पुनर्लेखन र संशोधन दबाब सभा’मा आयोजना गरिने जनाइएको छ । ‘संविधान जसरी बनाइयो त्यसप्रति असन्तुष्ट समुदायहरूलाई हालसम्म पनि विश्वासमा लिने कुनै राजनीतिक प्रक्रिया सुरू गरिएको छैन,’ बृहत नागरिक आन्दोलनका तर्फबाट जारी विज्ञप्तिमा भनिएको छ, ‘संविधान अधुरो र अपुरो छँदैछ, त्यसलाई पूर्ण र स्वामित्वसहितको बनाउन पूरा नभएका मुद्दाहरू सम्बोधन गर्नेतर्फ राज्यको पहलसमेत भएको छैन ।’ जनताका नैसर्गिक हक अधिकार संविधानमार्फत हासिल गर्न असोज ३ गते संविधान संशोधनको आवाज बुलन्द गर्न पनि नागरिक आन्दोलनले आह्वान रेको छ । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com