Home समाचार प्रधानमन्त्री देउवाले दिए मोदीलाई जन्मदिनको शुभकामना

प्रधानमन्त्री देउवाले दिए मोदीलाई जन्मदिनको शुभकामना

by ईलालटिन
0 comment

काठमाडौं ।  प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीलाई जन्मदिनको शुभकामना दिएका छन्। शुक्रबार देउवाले ट्विटरमार्फत् मोदीलाई जन्मदिनको शुभकामना दिँदै उनको सुस्वास्थ्य र सफलताको कामना गरेका छन्।

मोदीले आज ७१औं जन्मदिन मनाउँदै छन्। मोदीको जन्मदिन उनको दल भारतीय जनता पार्टीले २० दिनसम्म मनाउने भएको छ। बिबिसी हिन्दीका अनुसार मोदीको जन्मदिनका अवसरमा भाजपाले देशभरि विभिन्न कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ।  उनको जन्मदिनका अवसरमा भाजपाले ‘सेवा र समर्पण अभियान’ चलाउने भएको छ। त्यका लागि कैलाश विजयवर्गीयको नेतृत्वमा चार सदस्यीय समिति बनाइएको छ।

२० वर्षअघि मोदीले पहिलो पटक अक्टोबर ७ मा गुजरातको मुख्यमन्त्री सम्हालेका थिए। उनको जन्मदिन र पहिलो पटक मुख्यमन्त्री भएको दिनसम्म भाजपाले विभिन्न कार्यक्रम गर्न लागेको हो। मोदीको जन्मदिनका अवसरमा जिल्लास्तरमा पार्टी कार्यकर्ताले रक्तदान गर्ने, मोदीको जीवनी प्रदर्शन गर्ने लगायत कार्यक्रम गरिनेछन्। उनको जन्मदिनको अवसरमा वाराणसीको भारत माला मन्दिरमा ७१ हजार दीयो जलाउने,  धन्यवाद मोदीजी लेखिएका १४ करोड  रासन झोला बाँड्नेलगायत कार्यक्रम पनि गरिनेछन्।

मोदी सन् २०१४ मा भारतका प्रधानमन्त्री बनेका थिए। उनको हिन्दुवादी भाजपाले केन्द्रीय सत्ता चलाउँदा मुस्लिमलगायत अल्पसंख्यकमाथि दमन बढेको, प्रजातान्त्रिक संस्थाहरू धरासायी भएको र पछिल्लो समय कोरोना महामारीको नियन्त्रणमा उनको सरकारले प्रभावकारी काम गर्न नसकेको भनेर आलोचना हुने गरेको छ। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com