Home समाचार ‘प्राप्त उपलब्धि संकटमा पर्ने देखेर रक्षाका लागि एकीकृत समाजवादी पार्टी बनाइयो’

‘प्राप्त उपलब्धि संकटमा पर्ने देखेर रक्षाका लागि एकीकृत समाजवादी पार्टी बनाइयो’

by ईलालटिन
0 comment

मकवानपुर ।  नेकपा एकीकृत समाजवादी पार्टी नेता एवम् बागमती प्रदेशका इन्चार्ज केदार न्यौपानेले जनताको बलिदान र जनक्रान्तिबाट प्राप्त उपलब्धीहरु संकटमा पर्ने देखिएकाले त्यसको रक्षाका लागि आफूहरु लागेको बताएका छन् ।

एकीकृत समाजवादी पार्टीका केन्द्रिय सदस्यसमेत रहेका न्यौपानेले हेटौंडामा जिल्ला पार्टी कार्यालय उद्घाटन गर्दै एमालेका अध्यक्ष केपी शर्मा ओलीले बारम्बार जनक्रान्तिबाट प्राप्त उपलब्धिहरूको बध गर्ने प्रयत्न गरेकाले कम्युनिष्ट नेताहरुको योगदानलाई बचाउन आफूहरु लागेको बताए । त्यसैको प्रतिफल एकीकृत समाजवादी पार्टी भएको उनले बताए । एकीकृत समाजवादी पार्टीले सदैव जनक्रान्ति र कम्युनिष्ट नेताहरुको योगदानको उच्च मुल्याङ्कन गर्ने भन्दै गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशिताको रक्षा गर्न आफूहरुले वैकल्पिक शक्तिको रुपमा प्रस्तुत भएको बताए

नेताहरुको रगत पसिनाले निर्माण गरिएको पार्टी बिसर्जनवादीका हात पुगकोले एकीकृत समाजवादी पार्टी निर्माण गर्नुपरेको प्रष्ट्याए । -उनले जनतामा आधारित, सिद्घान्तनिष्ठ, बलियो देशव्यापी कम्युनिष्ट पार्टी निर्माण गरिएपनि बलियो कम्युनिष्ट पार्टीलाई छिया छिया पारिएको बताए ।  उनले अहिले एमाले मुद्दा, इमान नभएको कमाउनिष्ठहरुको डफ्फा बनेको आरोप लगाए । अब एमालेले सर्वहारा, श्रमजिवी जनताको प्रतिनिधित्व नगर्ने भन्दै नेता न्यौपानेले सो पार्टीले जमानत जोगाउन पनि नसक्ने दाबी गरे ।

यस्तै, पार्टी मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलले आफूहरु सामु हिजो जनताका बिचमा गएर गरिएको प्रतिबद्धता पूरा गर्ने दायित्व आइपरेको बताए ।  यसका लागि उच्च मनोबलका साथ एक नम्बर पार्टीका रुपमा स्थापित गराउन आफूहरु जुट्ने पनि बताए । उनले मकवानपुरका सबै स्थानीय तहका १०२ वटै वडामा संगठन निमार्ण अभियान सुरु गर्ने बताए ।  नेता न्यौपानेले आज हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४, शितल महलचोकमा एकीकृत समाजवादी पार्टी मकवानपुरको कार्यालयको उद्घाटन गरेका छन् । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com