Home समाचार आज कैलाली र कञ्चनपुरमा सार्वजनिक बिदा

आज कैलाली र कञ्चनपुरमा सार्वजनिक बिदा

by ईलालटिन
0 comment

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले कैलाली र कञ्चनपुरमा आइतबार सार्वजनिक बिदा दिएको छ। थारू समुदायको अटवारी पर्वकाे अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो।

गत वैशाख १९ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार दुई जिल्लामा आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो। प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार अघिल्लो वर्ष अटवारीको अवसरमा प्रदेश सरकारले प्रदेशका नाै वटै जिल्लामा बिदा दिएकाे थियो। यस वर्ष भने कैलाली र कञ्चनपुरमा मात्रै बिदा दिइएको छ।

थारू समुदायमा अटवारीलाई दाजुभाइ, दिदीबहिनी र छरछिमेकीबीच माया, ममता, सद्भाव र भ्रातृत्व कायम गर्ने पर्वका रूपमा मनाइन्छ। आफ्ना दिदीबहिनीका घरमा पुगेर अटवारी पर्व सकिन्छ। यसबाट दाजुभाइ तथा दिदीबहिनी बीच स्नेह र ममता प्रगाढ हुने विश्वास थारू समुदायमा छ। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com