Home विशेष सरकारले बढायो दुईपांग्रेमा लाग्ने कर, बाइक-स्कुटरको भाउ बढ्ने

सरकारले बढायो दुईपांग्रेमा लाग्ने कर, बाइक-स्कुटरको भाउ बढ्ने

by ईलालटिन
0 comment

काठमाण्डौं । शुक्रबार सरकारले ल्याएको प्रतिस्थापन विधेयकमार्फत् दुईपांग्रे सवारी साधनको कर बढाएको छ। विधेयकले १२५ सिसीभन्दा माथिका मोटरसाइकल/स्कुटरको अन्तशुल्क १० प्रतिशत बढाएको हो। ५०० देखि ८०० सिसीका बाइकमा भने २० प्रतिशत अन्तशुल्क बढाइएको छ।

अन्तशुल्क बढेसँगै अब नयाँ आउने १२५ देखि १५५ सिसी इन्जिन क्षमताका दुई पांग्रे सवारीसाधनको मूल्य बढ्नेछ। नेपाली बजारमा यी मध्यम मूल्यका र धेरै बिक्री हुने सवारी मानिन्छन्। त्यस्तै २०० देखि ८०० सिसीका बाइकको पनि भाउ बढ्नेछ।

८०० सिसीमाथि भने अन्तशुल्क पुरानै दर, १०० प्रतिशत कायम छ।

हेर्नुहोस् पहिले र अहिलेको अन्तशुल्कः

पहिले अहिले
अनएसेम्बल्ड अन्तशुल्क प्रतिशत अनएसेम्बल्ड अन्तशुल्क प्रतिशत
५० सिसी-१५५ सिसी ४० ५० सिसी-१५५ सिसी ४०
१५५ सिसी-२५० सिसी ४० १५५ सिसी-२५० सिसी ४०
अन्य अन्य
५० सिसी-१५५ सिसी ४० ५० सिसी-१२५ सिसी ४०
१५५ सिसी-२५० सिसी ५० १२५ सिसी-२०० सिसी ५०
२०० सिसी-२५० सिसी

 

६०
५०० सिसी-८०० सिसी ८० ५०० सिसी-८०० सिसी १००
८०० सिसी माथि १०० ८०० सिसी माथि १००

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com