Home समाचार पिएनजीविरूद्ध बलिङ गर्दै नेपाल, तीन खेलाडीको डेब्यू

पिएनजीविरूद्ध बलिङ गर्दै नेपाल, तीन खेलाडीको डेब्यू

by ईलालटिन
0 comment

काठमाडौं । एकदिवसीय खेलमा नेपालका तीन खेलाडीले डेब्यू गरेका छन्। पपुवा न्युगिनी (पिएनजी) विरुद्धको खेलमा पहिलो रोजाइमा परेसँगै ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख तथा तीव्र गतिका बलर विक्रम शोवले डेब्यू गरेका हुन्।

ओमानको अमेरात मैदानमा सुरू भएको खेलमा टस हारेको नेपालले पहिले बलिङ गरिरहेको छ। नेपाली टिम – ज्ञानेन्द्र मल्ल, आसिफ शेख, कुशल भुर्तेल, सोमपाल कामी, रोहित पौडेल, सन्दीप लामिछाने, विक्रम शोव, कुशल मल्ल, शरद भेषवाकर, आरिफ शेख, पवन सर्राफ उपकप्तान दीपेन्द्रसिंह ऐरी घाइेत भएका कारण टिममा छैनन्।

नेपालले आइसिसी विश्वकप लिग-२ को त्रिकोणात्मक सिरिजअघि  पिएनजीसँग एकदिवसीय खेल खेल्न लागेको हो।तीन दिनपछि नेपालले पिएनजीसँग दोस्रो एकदिवसीय खेल खेल्नेछ। त्यसपछि नेपालले अमेरिका र घरेलु टिम ओमानविरुद्धको त्रिकोणात्मक सिरिज खेल्नेछ। सिरिज भदौ २८ देखि सुरू भएर असोज ४ मा सकिनेछ। सिरिजमा नेपालले ओमान र अमेरिकासँग दुई-दुई खेल खेल्नेछ।

विश्वकप लिग–२ मा नेपालसहित पपुवा न्यूगिनी, ओमान, अमेरिका, स्कटल्याण्ड, नामिबिया र युनाइटेड अरब इमिरेटस् (युएई) रहेका छन्। लिग–२ अन्तर्गत नेपालले हालसम्म ओमान र अमेरिकासँग दुई-दुईं खेल खेलिसकेको छ । नेपालले चार खेलमध्ये दुईमा जित तथा दुईमा हार व्यहोर्दै चार अंक जोडेको छ। नेपाल अंक तालिकाको छैटौँ स्थानमा छ। यस्तै ओमान १० खेलमध्ये आठमा जित र दुईएमा हार व्यहोर्दै १६ अंकसहित शीर्षस्थानमा छ।

अमेरिका १२ खेलमा ६ मा जित र ६ मा हारसहित १२ अंक जोड्दै दोस्रो स्थानमा छ। स्कटल्याण्ड आठ खेलमा चारमा जित र तीनमा हारका साथ नौ अंक जोड्दै तेस्रो स्थानमा छ। स्कटल्याण्डले खेलेको एउटा खेल वर्षाको कारण रद्द भएको थियो। नामिबिया सात खेलमा चारमा जित र तीनमा हार व्यहोर्दै आठ अंकसहित चौथो स्थानमा छ। यसैगरी युएई सात खेलमा तीनमा जित र तीनमा हारका साथ सात अंक जोड्दै पाँचौँ स्थानमा छ। युएईले खेलेको एउटा खेल रद्द भएको थियो।

पपुवा न्यूगिनी हालसम्म खेलेका आठवटै खेलमा पराजित भएको छ। पपुवा न्यूगिनी अंकविहीन बन्दै लिग–२ को पुछारमा छ। लिग–२ अन्तर्गत सन् २०२३ सम्म प्रत्येक टिमले ३६ एकदिवसीय खेल खेल्नेछन्। लिग–२ का शीर्ष तीन टोली सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसिय विश्वकपका लागि ग्लोबल छनोटमा स्थान बनाउने छन् भने पुछारमा रहने चार टोलीले प्लेअफ खेल्ने छन्। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com