Home समाचार कर्मचारीतन्त्रको प्रभावकारितामा नै सरकारको सफलता निर्भरः मुख्यमन्त्री पोखरेल

कर्मचारीतन्त्रको प्रभावकारितामा नै सरकारको सफलता निर्भरः मुख्यमन्त्री पोखरेल

by ईलालटिन
0 comment

कास्की ।  गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले राष्ट्रसेवक कर्मचारीले सेवाप्रवाहलाई प्रभावकारी रुपमा अगाडी बढाउनु पर्ने बताएका छन् । मंगलबार मुख्यमन्त्री पोखरेल १८ औं निजामती सेवा दिवसका अवसरमा शुभकामना व्यक्त गर्दैै स्थायी सरकारका रुपमा रहेको कर्मचारीतन्त्रको प्रभावकारितामा नै सरकारको सफलता निर्भर गर्ने बताएका हुन् ।

व्यावसायिक र सिर्जनशील प्रशासन विकास, समृद्धि र सुशासन’ नाराका साथ मनाउन लागिएको यस वर्षको निजामती सेवा दिवसका अवसरमा सम्पूर्ण निजामती सेवाका राष्ट्रसेवक कर्मचारीलाई मुख्यमन्त्री पोखरेलले शुभकामना व्यक्त गरेका छन् । निजामती सेवालाई थप व्यावसायिक र सिर्जनशील बनाउनका लागि कर्मचारीहरू ऐक्यबद्ध रूपमा परिचालित भई सरकारको नीति कार्यान्वयनमा प्रतिवद्ध हुन आवश्यक रहेको उनले जारी गरेको शुभकामना सन्देशमा उल्लेख छ । ‘निजामती सेवाको यस प्रतिवद्धताले जनताले सरकारको अनुभूति गर्न सक्ने वातावरण सिर्जना गर्न सक्दछ भन्ने मैले विश्वास लिएको छु,’ उनले भनेका छन् ।

गण्डकी प्रदेश सरकार निजामती कर्मचारीको वृत्ति विकास र उत्प्रेरणा अभिवृद्धिमा सदा सकारात्मक रहँदै आएको उल्लेख गर्दै उनले सार्वजनिक सेवा प्रवाह र सरकारको नीति कार्यान्वयनमा विगतमा जस्तै प्रभावकारी भूमिका निर्वाह गर्न अनुरोध गरेका छन् । निजामती सेवा दिवसकै अवसरमा मुख्यमन्त्री पोखरेलले पोखराको वसुन्धरा पार्क नजिकै वृक्षरोपण समेत गरेका छन् । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com