Home समाचार सेती दोभानमा पहिरो, नारायणगढ–मुग्लिन सडक बन्द

सेती दोभानमा पहिरो, नारायणगढ–मुग्लिन सडक बन्द

by ईलालटिन
0 comment

चितवन । चितवनको सेती दोभानमा पहिरो खस्दा सडक पूर्ण रुपमा बन्द भएको छ । नारायणगढ–मुग्लिन सडक खण्डको सेती दोभानमा पहिरो खस्दा दुई  तर्फी रुपमा सडक बन्द भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ ।

अविरल परेको वर्षाका कारण आज राति करिब ८ बजेको समयमा  भरतपुर महानगरपालिका–२९ सेती दोभानमा पहिरो खसेकाले नारायणगढ–मुग्लिङ सडकखण्ड पूर्ण रुपमा अवरुद्ध भएको ट्राफिक प्रहरी कार्यालयले चितवनका प्रहरी निरीक्षक भगवान राज थापाले जनाएको छ ।
पहिरोका कारण दुईतर्फी सडक अवरुद्ध बनेकाले यातायात सेवा ठप्प भएको छ । सडकको माथिल्लो भागबाट ठूलो पहिरो खसेकाले तत्काल पहिरो गएको स्थानमा जान सक्ने अवस्था नरहेको उनले बताए । वर्षा केही कम हुनासाथ भोलि बिहान ५ बजेबाट पहिरो पन्छाउने कार्य सुरु गर्ने तयारी गरिएको उनले बताए ।

उनले पहिरोको जोखिम कायम नै रहेका र यातायातका साधनहरु जाम भएकाले नारायणगढ–मुग्लिङ सडक हुदै यात्रा गर्ने सवारीसाधनहरूलाई वैकल्पिक सडकको प्रयोग गर्न आग्रह गरेका छन् । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com