Home समाचार पौडेल पक्षको बैठक सकियो, जिल्ला सभापतिहरूको मागमा समर्थन

पौडेल पक्षको बैठक सकियो, जिल्ला सभापतिहरूको मागमा समर्थन

by ईलालटिन
0 comment
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसहित उनी पक्षका नेताहरूको बैठकले जिल्ला सभापतिहरूले राखेका मागमा समर्थन गर्ने निर्णय गरेका छन्। पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा बुधबार बिहान बैठक गरेर पौडेल पक्षले जिल्ला सभापतिहरूले राखेका मागमा ऐक्यवद्धता जनाउने निर्णय गरेका हुन्।
जिल्ला सभापतिहरूले मंगलबार पार्टी कार्यालय सानेपामा धर्ना दिएका थिए भने बुधबार रिले अनसन गर्ने बताएका छन्। क्रियाशील सदस्यताको सूची सार्वजनिक गर्नुपर्ने र निर्वाचन निर्देशिका संशोधन गर्नुपर्ने माग उनीहरूको छ जिल्ला सभापतिहरूले उठाएका मागमा समर्थन गर्ने निर्णय भएको पौडेल पक्षको छलफलमा सहभागी रहेका केन्द्रीय सदस्य बलबहादुर केसीले सेतोपाटीलाई बताए।

छलफलमा वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंह, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी, केन्द्रीय सदस्यहरू बलबहादुर केसी, मिनेन्द्र रिजाल, दिलेन्द्रप्रसाद बडु, शेखर कोइरालालगायत सहभागी थिए। साथै पौडेल पक्षले तोकिएकै समयमा अधिवेशनहरू गर्न नेतृत्वको ध्यानाकर्षण गराउने भएको छ। भदौ १८ मा वडा अधिवेशन हुने भएकोले त्यो दिन देशभरका सबै वडा छ हजार सात सय ४३ वटामै अधिवेशन हुनुपर्ने र सार्न नपाइने पौडेल पक्षको भनाइ छ।

‘कार्यतालिकाअनुसार जुन दिन जुन तहको अधिवेशन तोकिएको छ त्यो दिनमै अधिवेशन सक्नुपर्छ भन्नेबारे पनि छलफल भयो,’ केसीले भने, ‘खण्डित हिसावबाट अधिवेशन गर्न हुन्न भन्ने कुरा भयो। कांग्रेसका नेताहरूबीच क्रियाशील विवाद रहेका ठाउँमा पुरानै क्रियाशीलबाट अधिवेशन गर्ने सहमति गरेको छ। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com