Home समाचार पोखराको महेन्द्रपुल नजिकैको सडक भासियो

पोखराको महेन्द्रपुल नजिकैको सडक भासियो

by ईलालटिन
0 comment

कास्की । पोखराको महेन्द्रपुल नजिकैकै सडक भासिएको छ । महेन्द्रपुल सेलवेज गेटको पारी रहेको गरिमा विकास बैंकअगाडिको सडक भासिएको हो ।

बैंकअगाडिको सडक भासिएर भ्वाङ परेको छ । सञ्जय कुमार मल्लले सामाजिक सञ्जाल फेसबुकमा एउटा तस्वीर सेयर गरेका छन् । जसमा सडकमा भ्वाङ परेको देखिन्छ ।

सडकमा भ्वाङ परेपछि सो क्षेत्रका स्थानीयमा त्रास फैलिएको छ । पानी परिरहेको र भल सोही भ्वाङबाट छिरेको छ । भल तर्काउने र भ्वाङ पुर्ने प्रयास भइरहे पनि वर्षाले अवरोध गरेको प्रहरीले जानकारी दिएको छ ।

मल्लले सडक भासिएकाले सवारीसाधन तथा पैदल यात्रुलाई जोखिम बढेको बताएका छन् ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com