Home समाचार दल विभाजन गर्ने अध्यादेश ल्याउनु लोकतन्त्रको हत्या : बाबुराम भट्टराई

दल विभाजन गर्ने अध्यादेश ल्याउनु लोकतन्त्रको हत्या : बाबुराम भट्टराई

by ईलालटिन
0 comment

काठमाडौं,। जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले दल विभाजनको अध्यादेश ल्याइएकोमा विरोध जनाएका छन्।उनले सांसद पद जोगाउने गरी दल विभाजन गर्ने अध्यादेश ल्याउनु प्रतिनिधिमूलक लोकतन्त्रको हत्या भएको बताएका छन्।मंगलबार साँझ ट्वीटरमा लेख्दै भट्टराईले संसद अधिवेशन अन्त्यग गरेलगत्तै अध्यादेश ल्याउनु लोकतन्त्रको उपहास भएको बताएका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवाले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएर राष्ट्रपतिकहाँ पठाएका थिए। भट्टराईले ओली गए पनि ओलीप्रवृत्ति कायम रहनु लोकतन्त्रको निम्ति चिन्ताको विषय भएको बताए। ‘गलतलाई गलत भन्दा गठबन्धनको विरोध नठानियोस्,’ भट्टराईले भनेका छन्। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com