नेपाल राष्ट्र बैंकले आज शुक्रबार ४.१५ बजे मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ । केन्द्रीय बैंकले आर्थिक वर्ष २०७८÷७९ को मौद्रिक नीति सार्वजनिक गर्ने भएको हो ।आज बिहान बसेको सञ्चालक समितिको बैठकले मौद्रिक नीति पारित गरेपछि केन्द्रीय बैंकलाई मौद्रिक नीति सार्वजनिक गर्न बाटो खुलेको हो । गत आर्थिक वर्षको मौद्रिक नीति साउन २ गते सार्वजनिक भएको थियो । तर, चालु आर्थिक वर्षको मौद्रिक नीति ल्याउने समयमा सरकार परिवर्तन भएपछि मौद्रिक नीति ढिलो सार्वजनिक भएको हो । मेरो लगानी ।।
आज ४.१५ बजे मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंक
109