Home समाचार फोनिजद्वारा ८ वरिष्ठ पत्रकार पुरस्कृत र दुई संचार संस्था सम्मानित हुँदै

फोनिजद्वारा ८ वरिष्ठ पत्रकार पुरस्कृत र दुई संचार संस्था सम्मानित हुँदै

by ईलालटिन
0 comment

काठमाडौं ।  नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज)ले वर्ष–२०७७ र वर्ष–२०७८ को ‘आदिवासी जनजाति राष्ट्रिय पत्रकारिता पुरस्कार’ (फोनिज अवार्ड) बाट पुरस्कृतको नाम सार्वजनिक गरेको छ । गत वर्ष कोरोना महामारीका कारण स्थागित भएको पुरस्कार र यस वर्षको गरी एकैपटक ८ जना पुस्कृत व्यक्तिको नाम फोनिजले सार्वजनिक गरेको हो । फोनिजका महासचिव मनोज घर्तीमगरद्वारा जारी विज्ञप्तीअनुसार फोनिज अवार्ड–२०७७ बाट पत्रकार आङदावा शेर्पा, मौसम रोका मगर, कुमार यात्रु र राजकुमार दिक्पाल पुरस्कृत हुनेछन् । त्यसै गरी फोनिज अवार्ड–२०७८ बाट तिलक पुन, रचना श्रेष्ठ, इन्द्रजीत मुखिया र भवानी बराल पुस्कृत हुनेछन् । फोनिजले यस वर्षबाट ‘फोनिज मातृभाषा पत्रकारिता सम्मान’ समेत प्रारम्भ गरेको छ । ‘फोनिज मातृभाषा पत्रकारिता सम्मान–२०७८’बाट थारु भाषामा प्रकाशित हुँदै आएको ‘पहुरा दैनिक’ र लिम्बू भाषामा प्रकाशित हुँदै आएको ‘तान्छोपा मासिक’लाई संयुक्त रुपमा सम्मानित गर्ने निर्णय भएको विज्ञप्तीमा उल्लेख छ । पत्रकारिता पुरस्कार र मातृभाषा सम्मानको राशी २० हजार रुपैयाँ रहेको छ । फोनिजले आफ्नो २२औँ स्थापना दिवस तथा विश्व आदिवासी दिवसको अवसरमा साउन २७ गते ८ जना वरिष्ठ पत्रकारलाई पुरस्कार र दुई मातृभाषी संचार संस्थालाई सम्मान प्रदान गर्ने बताइएको छ । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com