Home समाचार काँग्रेसले बोलायो पदाधिकारी बैठक

काँग्रेसले बोलायो पदाधिकारी बैठक

by ईलालटिन
0 comment

काठमाडौं ।  नेपाली काँग्रेसको पदाधिकारी बैठक बुधबार बस्दैछ । पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बोलाइएको बैठकमा क्रियाशिल सदस्यता छानविन समितिले बुझाएको प्रतिवेदनबारे छलफल हुने महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए । बैठक ११ बजेका लागि तय भएको भएपनि बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक भएका कारण सुरु हुन ढिलाइ भएको उनको भनाइ छ समितिले बुझाएको प्रतिवेदनमा देशभरबाट ८ लाख ५४ हजार ७ सय ११ जनाले क्रियाशिल सदस्यता पाएपनि केही जिल्ला र वडामा भने विवादका कारण सदस्यता टुंगो लाग्न सकेको छैन ।समितिले बुझाएको प्रतिवेदनमा धनुषाको क्षेत्र नम्बर ४ र सर्लाहीको क्षेत्र नम्बर २ को विवाद मिल्न नसकेको उल्लेख छ । त्यस्तै बारा र सप्तरीको नयाँ सदस्यताबारे नेताहरुबाटै आवश्यक निर्णयका लागि समितिले अनुरोध गरेको छ । यस्तै सोलुखुम्बुका ५१५ जना र बाराका १६६ जनाको विषयमा पनि सहमति जुटाउन नसकिएकोले नेतृत्वलाई जिम्मेवारी प्रदान गरिएको छ । नवीकरणतर्फ ७७ वटै जिल्लाको क्रियाशिल सदस्यता टुंगो लगाएको समितिले नयाँ क्रियाशिल सदस्यताबारे केही स्थानमा विवाद भएपछि त्यसको टुंगो लगाउने जिम्मा केन्द्रलाई नै सुम्पेको हो । विभिन्न जिल्लाका ९५ वटा वडाका नयाँ क्रियाशिल सदस्यले १४ औं महाधिवेशन प्रक्रियामा भाग लिन नपाउने भएका छन् ।पर्सा क्षेत्र नम्बर ३, धनुषा ४ र सर्लाही २ का क्रियाशिल सदस्यबारे समितिले पनि निर्णय गर्न नसकेर केन्द्रलाई नै जिम्मा लगाएको छ । यी समग्र विषयमा छलफल गरेर निकास दिइने काँग्रेस नेताहरुको भनाइ छ । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com