Home बुलेट न्युज डोबाटे बिकलाई गरिएको अपमानप्रति डा. शेखरको आपत्ति

डोबाटे बिकलाई गरिएको अपमानप्रति डा. शेखरको आपत्ति

by ईलालटिन
0 comment

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले गण्डकी प्रदेश सरकार गठनमा दलित समुदायको प्रतिनिधित्व लत्याएर पार्टीले ठूलो भुल गरेको बताउनुभएको छ ।

कोइरालाले लोकतान्त्रिक समाजवाद र समावेशीताबाट पर भाग्दै कांग्रेसले सम्पूर्ण दलित समुदायको अपमान गरेको बताउनुभएको हो । सामाजिक कुरीतिका विरुद्ध व्यवहारिक रुपमा लडेको कांग्रेसले गण्डकी प्रदेशको सरकार गठन गर्दा भने दलित समुदायलाई लत्याएको प्रति आफू निकै दुखित भएको उहाँले बताउनुभयो ।

गण्डकी प्रदेश सरकारमा दलितबाट सहभागी हुन लागेका डोबाटे विश्वकर्माको नाम काटेर जग्गा व्यवसायी बिन्दुकुमार थापालाई शनिबार मन्त्री बनाइएको थियो । पार्टीका शीर्ष नेताका यस्ता निर्णयले लोकतन्त्र स्थापना र पार्टी संगठनमा महत्वपूर्ण भूमिका खेलेको दलित समुदायको अपमान गर्नु पार्टीकै लागि दुर्भाग्य र घाटा भएको उहाँको भनाइ छ ।

‘भोलि कुन मुखले उनीहरुको अगाडि जाने रु यो हेक्का राख्नु पर्दैन ? कि एकपटक सरकारमा गएपछि सधैंलाई पुग्यो ?’, सामाजिक सञ्जालमा कोइरालाले लेख्नुभयो, ‘सामाजिक न्यायका कुरा केवल शब्द रटान मात्रै होइन व्यवहार र लोकतान्त्रिक आचरण पनि हो।’

वीपी स्मृति दिवस मनाउँदै र वीपीको तस्वीरमा चढाएको फूल नओइलिंदै गर्दा भएको यो निर्णयको जवाफ हामीले समाजलाई दिनैपर्ने कोइरालाले बताउनुभयो । यसलाई तुरुन्त सच्याएर भोलिका दिनमा यस्ता निर्णयहरु नगर्न पार्टी नेतृत्वलाई उहाँले आग्रह गर्नुभयो ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com