Home समाचार मदिरा सेवन गरेर मृत्यु भएका मजदुरको शव तीन दिनपछि आफन्तलाई

मदिरा सेवन गरेर मृत्यु भएका मजदुरको शव तीन दिनपछि आफन्तलाई

by ईलालटिन
0 comment

बाग्लुङ । यही साउन ४ गते साँझ मदिरा सेवनपछि बिरामी परेर मृत्यु भएका मजदुरको शव तीन दिनपछि परिवारको जिम्मा लगाइएको छ । काजकिरिया खर्चसहित उनीहरुको शव परिवारको जिम्मा लगाइएको हो । परिवारलाई गलकोटको मल्ममा सञ्चालनमा रहेको बृहत् खानेपानी आयोजनाले काजकिरिया खर्च उपलब्ध गराएको हो । “तत्कालका लागि किरिया खर्च दिने सहमति भयो”, छलफलमा सहभागी चन्द्रबहादुर थापा ‘शिखर’ले भने, “राहत होइन तत्कालीन खर्च दिइएको हो, खानेपानी उपभोक्ता समितिले बेहोर्ने गरी तत्काल स्थानीयवासीसँग भएको नगद उठाएर पठाएका छौँ ।” रोल्पाबाट शव बुझ्नका लागि बागलुङ आएका मृतक मजदुर परिवारका सदस्यले प्रहरीमा जाहेरी दिएपछि शव परीक्षण गरेर परिवारको जिम्मा लगाइएको प्रहरी उपरीक्षक कृष्णबहादुर पल्लीमगरले बताए । साउन ४ गते सोमबार साँझ स्थानीय एक पसलबाट ल्याएको मदिरा, चाउचाउ तथा दालमोठ खाएपछि बिरामी परेका चार जनाको साउन ५ गते मङ्गलबार बिहान मृत्यु भएको थियो । दुई जना गम्भीर बिरामी मजदुरको पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । मृतकका परिवारलाई प्रतिमृतक रु एक लाखका दरले काजकिरिया खर्च उपलब्ध गराइएको हो । मृतक चारै जनाको रोल्पामा सामूहिक दाहसंस्कार हुने भएको छ । परिवारका सदस्यले रोल्पामै दाहसंस्कार गर्ने निर्णय गरेको रोल्पाको सुनिल स्मृति गाउँपालिका–५ का वडाध्यक्ष नमराज थापाले बताए । शव परीक्षणपछि भिसेरा र खाना तथा मदिरा विधि विज्ञान प्रयोगशाला पठाइएको छ । रिपोर्ट आएपछि राहत तथा कारवाहीको विषयमा थप छलफल हुने प्रहरीले जनाएको छ । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com