Home समाचार भारतको राजस्थानमा लगातार दोस्रो दिन भूकम्प

भारतको राजस्थानमा लगातार दोस्रो दिन भूकम्प

by ईलालटिन
0 comment

काठमाडौं । भारतको राजस्थानस्थित बीकानेरमा बिहीबार बिहान भूकम्पको झट्का महसुस गरिएको छ । रिक्टर स्केलमा उक्त भूकम्पको तीव्रता ४.८ मापन गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । नेशनल सेन्टर फर सिस्मोलोजीका अनुसार भूकम्प बिहान ७ बजेर ४२ मिनेटमा गएको थियो । यसको केन्द्रबिन्दु बीकानेरबाट ४१३ किलोमिटर उत्तरपश्चिममा जमिनको सतहभन्दा १५ किलोमिटर गहिराइएमा रहेको थियो । भूकम्पबाट हालसम्म कुनै क्षतिको खबर प्राप्त भएको छैन । बुधबार पनि बीकानेरमा भूकम्पको झट्का महसुस गरिएको थियो । यसको तीव्रता ५.३ रिक्टर स्केल मापन गरिएको थियो । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com