काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन् । सोमबार ट्वीटरमार्फत खानले प्रतिनिधिसभाबाट विश्वासको मत जितेकामा देउवालाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका हुन् । उनले देउवाको कार्यकालमा नेपालसँगको सम्बन्ध अझ प्रगाढ बनाउन चाहेको भन्दै साझा चासोका विषयमा मिलेर काम गर्न चाहेको बताएका छन् । यसअघि आइतबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले देउवालाई बधाई तथा शुभकामना दिएका थिए । रातोपाटी ।
पाकिस्तानी प्रधानमन्त्रीद्वारा देउवालाई बधाई
149