Home समाचार काँग्रेसको निर्वाचन समिति सदस्यमा अधिवक्ता रावल नियुक्त

काँग्रेसको निर्वाचन समिति सदस्यमा अधिवक्ता रावल नियुक्त

by ईलालटिन
0 comment

काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिको रिक्त सदस्य पदमा अधिवक्ता तेजबहादुर रावल नियुक्त भएका छन् । काँग्रेस सभापति शेरबहादुर देउवाले आइतबार कञ्चनपुर निवासी अधिवक्ता रावललाई निर्वाचन समितिको सदस्य नियुक्त गरेका हुन् । समिति सदस्य अधिवक्ता खम्मबहादुर खाती महान्यायाधिक्ता नियुक्त भएपछि उनको स्थानमा रावललाई नियुक्त गरिएको हो । सभापति देउवाले काँग्रेसको विधानको धारा २५ (९) बमोजिम रावललाई नियुक्त गरेका हुन् । काँग्रेसमा निर्वाचन समिति नै महाधिवेशन गर्ने निकाय हो । पाँच सदस्यीय समितिमा संयोजक महादेव यादवसहित गोपालकृष्ण घिमिरे, सीताराम केसी, एकराज पोखरेल सदस्य छन् । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com