Home समाचार दाङमा एक युवकमाथि खुकुरी प्रहार

दाङमा एक युवकमाथि खुकुरी प्रहार

by ईलालटिन
0 comment

दाङ । मंगलबार बिहान दाङको एक जिम क्लब भित्र एक युवकमाथि खुकुरी प्रहार भएको छ । मंगलवार बिहान साढे ६ बजेको समयमा तुल्सीपुर उपमहानगर पालिका–८ दोगरेस्थित केएम जिम क्लबमा दंगिशरण गाउँपालिका –५ बस्ने ३२ बर्षीय निर्मण बस्नेतले तुल्सीपुर–५ रानीजरुवाका २३ बर्षीय विशाल सुनारलाई खुकुरी प्रहार गरेका हुन् । ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएका प्रहरी निरीक्षक झलक प्रसाद शर्माको टोलीले घाइते सुनारलाई राप्ती प्रादेशिक अस्पतालमा भर्ना गरेको र खुकुरी प्रहार गरि फरार रहेका बस्नेतलाई खोजी कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com