Home समाचार भारतमा २७ दिनपछि एकदिनमा दुई हजारभन्दा बढीको मृत्यु

भारतमा २७ दिनपछि एकदिनमा दुई हजारभन्दा बढीको मृत्यु

by ईलालटिन
0 comment

काठमाडौं ।  भारतमा २७ दिनपछि कोरोना संक्रमितको मृत्युदरमा अचानक वृद्धि भएको छ । सोमबार २,०२४ जनाको मृत्यु भएको छ । यसअघि दुई हजारभन्दा बढी मृत्यु १६ जूनमा भएको थियो, त्यतिबेला २,३२९ जनाको मृत्यु भएको थियो । मृतकमध्ये सबैभन्दा धेरै मध्यप्रदेशमा भएको छ । यहाँ १,४८१ जनाको मृत्यु भएको बताइएको छ । यद्यपि, राज्यको १,४७८ मृतकको पुरानो आँकडा मिलाउँदा यस्तो भएको हो । महाराष्ट्रमा पनि पहिला यस्तै गरिएको थियो ।  त्यहाँ ९ जुलाईमा मृतकको पुरानो आँकडा मिलाएपछि ७३८ जनाको मृत्यु भएको जानकारी दिइएको थियो । त्यसपछि पनि देशभरी भएको मृत्युको आँकडा १,२०७ सम्म पुगेको थियो ।टाइम्स अफ इन्डियाका अनुसार मृतकको पुरानो आँकडा १७ मेमा पहिलो पटक मिलाइएको  थियो । त्यसपछि जूनको अन्तिम दुई दिन र जुलाईको सुरुवाती दुई दिनमा लगातार पुरानो मृत्युको आँकडा जोडिएको थियो । पछिल्लो २४ घण्टामा नयाँ संक्रमितमा भारी गिरावट आएको छ । ३०,८१८ नयाँ संक्रमितको पहिचान भएको छ भने ४८,९१६ निको भएका छन् । भारतमा सक्रिय संक्रमित अर्थात् उपचार गराइरहेका बिरामीको संख्यामा २०,१२६ को कमी आएको छ । यो पछिल्लो २४ दिनमा सबैभन्दा धेरै हो । यसअघि २८ जूनमा २०,८७२ सक्रिय संक्रमित कम भएका थिए । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com