काठमाडौं । मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार‘–२०७७ उमादेवी वादीलाई प्रदान गरिने भएको छ । हाल सुदुरपश्चिम प्रदेश सभा सदस्य रहेकी वादीले मानव अधिकार तथा सामाजिक न्यायका लागि गरेको उल्लेखनीय योगदानका लागि समाजले उनलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । आगामी मंसिरमा अन्तराष्ट्रिय मानव अधिकार दिवसका दिन आयोजना गरिने कार्यक्रममा रु १ लाख १० हजार राशि रहेको सो पुरस्कार हस्तान्तरण गरिने समाजले जनाएको छ । २०१८ साल फागुन ४ गते जन्मिएकी उमादेवी वादीले २०६४ सालमा राष्ट्रिय वादी अधिकार संघर्ष समितिको संयोजकका रुपमा ४८ दिन लामो वादी आन्दोलनको नेतृत्व गरेकी थिइन् । सो आन्दोलनको परिणामस्वरुप वादी समुदायको उत्थान र अधिकारका लागि नेपाल सरकारसँग २ बुँदे सैद्धान्तिक सहमति भएको थियो । विपन्न दलित वादी समुदायको हक अधिकारका लागि निरन्तर योगदान गर्दै आएकी वादीलाई विश्व प्रसिद्ध सञ्चारमाध्यम विविसिले सन् २०१८ को विश्वका १०० जना उत्प्रेरणादायी र प्रभावकारी महिलाकोे सूचीको १० औं स्थानमा राखेको थियो । रातोपाटी ।
उमादेवी वादीलाई १ लाख १० हजार राशिको समाजसेवा पुरस्कार
81