काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाभाइरस (कोभिड–१९) विरुद्धको खोप अभाव नहुने बताएका छन् । कोरोनाविरुद्धको खोप सरकारले निरन्तर ल्याउने र दिने काम गरिरहेको कोभिड–१९ युनिफाइड केन्द्रिय वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री ओलीले बताए । ठूलो समूहलाई खोप दिने उद्देश्यले सरकारले प्रयास गरिरहेको उनले बताए । २०२१ को अन्त्यसम्ममा सरकारको लक्षणअनुसार सबैलाई खोप दिने प्रधानमन्त्री ओलीले दाबी समेत गरे । ‘२०२१ सम्ममा लक्ष्यअनुसार खोप दिन्छौं, हामीले प्रयास गरिरहेका छौं,’ उनले भने, ‘अब हामी खोपको अभावले तड्पिनुपर्दैन । केही समय खोपको अभाव देखिएपनि अब त्यो अवस्था दोहोरिन नदिने गरि काम भइरहेको उनका भनाइ छ । यद्यपि कोभिड–१९ समाप्त हुँदैन तबसम्म सबैले सजकता अपनाउनुको विकल्प नभएको ओलीले बताए । वीरको नवनिर्मित भवन उद्घाटन भएसँगै ५०० बेड थपिने अस्पतालका प्रशासकीय अधिकारी प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए । रातोपाटी ।
लक्ष्यअनुसार सरकारले कोरोनाविरुद्धको खोप दिन्छः प्रधानमन्त्री ओली
79