Home समाचार हुम्लामा प्रभावकारी बन्दै अनलाइन कक्षा

हुम्लामा प्रभावकारी बन्दै अनलाइन कक्षा

by ईलालटिन
0 comment

हुम्ला  हुम्लाको सदरमुकाम सिमकोटस्थित कैलाश बोधि स्कुलले शुरु गरेको अनलाइन कक्षा प्रभावकारी देखिएको छ । लामो समयदेखि दोस्रो लहरका रूपमा फैलिएको कोरोना सङ्क्रमणका कारण सरकारले शैक्षिक संस्था बन्द गरेपछि पठनपाठन नियमित गर्न पहिलोपटक विद्यालयले अनलाइनबाट पठनपाठन सञ्चालन गर्ने गरेका हुन् । कोरोनाको कारण नयाँ शैक्षिक सत्र शुरु भए पनि पठनपाठन नभएको बेला वैकल्पिक माध्यम अनलाइनबाट कक्षा ५ देखि ८ सम्मको पढाइ शुरु गरिएको विद्यालयका प्रधानाध्यापक छवाङ लामाले बताए । विद्यालयले यही असार १५ गतेबाट पठनपाठन सञ्चालन गर्ने निर्णय गरेपछि केही दिनयता अनलाइन कक्षाबाट नियमित पढाइ शुरु गरिएको बताइएको छ । शुरुका दिनमा हरेक अनलाइन कक्षामा दुई/तीन विद्यार्थी मात्र सहभागी भए पनि त्यो सङ्ख्या हाल १५ जनासम्म पुगेको छ ।  प्रधानाध्यापक लामाका अनुसार अनलाइनबाट अङ्ग्रेजी, नेपाली, गणित र विज्ञान विषय पठनपाठन भइरहेको छ । अनलाइन कक्षाको प्रभावकारिता बढ्दै गएको र इन्टरनेटले राम्रो काम गर्दै गएको खण्डमा सबै कक्षा सञ्चालन गर्ने सोच राखिएको उनले बताए । राताेपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com