Home समाचार पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा निगमको कार्यालय घेराउ, तस्बिरमा हेर्नुहोस्

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा निगमको कार्यालय घेराउ, तस्बिरमा हेर्नुहोस्

by ईलालटिन
0 comment

काठमाडौं ।  पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै अखिल (क्रान्तिकारी) नेपाल आयल नियमको कार्यालय घेराउ गरेको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेज गर्नुपर्ने माग गर्दै उनीहरुले प्लेकार्ड प्रदर्शन गर्नुका साथै नाराबाजीसमेत गरेका थिए । यसअघि पाँच विद्यार्थी संगठनहरुले पनि पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै नेपाल आयल निगमलाई ज्ञापन पत्र बुझाएको थियो । लकडाउनले आम उपभोक्ताको आम्दानी घटेको र रोजगारी गुमेको पीडादायी अवस्था भएकाले नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल (छैटौँ) ले निगमलाई ज्ञापनपत्र बुझाएको हो । पेट्रोलियम पदार्थको मूल्यवृद्धि तत्काल फिर्ता नलिए संयुक्त विद्यार्थी संगठनले कडा आन्दोलन गर्ने चेतावनीसमेत दिएको छ । राताेपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com