पर्वत । पर्वतमा खोलाले बगाएको गाडी भेटिएको छ । अविरल वर्षासँगै आएको बाढीका कारण मध्यरातमा गाडी बगाउँदा मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयका प्रोजेक्ट म्यानेजरसहित ३ जनालाई बढीले बगाएको थियो । मोदी खोलामा हाइलक्स गाडी भेटिएपनि बेपत्ता ३ जना भने भेटिएका छैनन् । अविरल वर्षासँगै कुश्मा नगरपालिका –८ चुवा स्थित सुन्दरे खोलामा आएको बाढीले मध्यरातमा गाडीसहित ३ जनालाई बगाएको हो । गाडी बगाएको सुन्दरे खोला मोदी खोलामा मिसिएको ठाउँबाट करिब पाँच सय मिटर तल गाडी देखिएको हो । गाडी भेटिएपछि अहिले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले उद्धार कार्यमा लागेको प्रहरीले जनाएको छ । मध्यपहाडी लोकमार्गमा कार्यरत २ जना कर्मचारी वेपत्ता भएको पुष्टि भएको छ । वेपत्ता हुनेमा साइड इन्जिनियर राजाराम आचार्य र सवारी चालक इन्द्र थारुको पहिचान भएको जिल्ला प्रहरी कार्यलय प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक शिवराज बुढाथोकीले जानकारी दिए । रातको समयमा गाडीलाई खोलाले बगाएकाले गाडीमा सवैको पहिचान नभएको प्रहरीको उनले बताए । वेपत्ता उनीहरुको मध्यरातदेखि नै खोजीकार्य जारी रहेपनि हालसम्म पनि पत्ता नलागेको प्रहरीले जनाएको छ । राताेपाटी ।
खोलाले बगाएको गाडी भेटियो, तीन जना अझै बेपत्ता
96