काठमाडौं । २ सय जनालाई नगद अनुदान दिने भन्दै ‘सेन्ट्रल बैंक अफ नेपाल’को नामबाट भएको एक पोष्ट अहिले निकै भाइरल बनेको छ । तर यसले राष्ट्र बैंक स्वयंलाई भने आतंकित बनाएको छ । बैंकका सहायक प्रवक्ता नारायण प्रसाद पोखरेलले आफूहरुले कुनै खालको नगद अनुदानको घोषणा नगरेको र केन्द्रिय बैंकको आधिकारिक फेसबुक पेज समेत नभएको स्पष्ट पारेका छन् । पेजमा लेखिएको छ, ‘केन्द्रीय नेपालले २ सय व्यक्तिका लागि नगद अनुदान घोषणा गरेको छ । यसका लागि अहिले दर्ता गर्नुहोस् ।’ राष्ट्र बैंकले यस विषयलाई लिएर एक प्रेस विज्ञप्ति नै जारी गरेको छ । विज्ञप्तिमा राष्ट्र बैंकको कुनै फेसबुक पेज नरहेको र नक्कली पेजबाट जारी भएको सूचनामा भ्रममा नपर्न अनुरोध गरिएको छ । यता नेपाल बैंकर्स एसोसिएसनले अहिले विभिन्न सामाजिक सञ्जालमार्फत अनधिकृत व्यक्तिले सहयोग गर्ने बहानामा खाताको गोप्य विवरण माग गर्ने गरेको बारेमा सचेत गराएको छ । बुधबार एक विज्ञप्ति नै निकालेर सचेत गराएको हो । राताेपाटी ।
२०० जनालाई नगद अनुदान दिने विषय राष्ट्र बैंकको हुँदै नभएको फेसबुक पेजबाट फैलियो
62
previous post