Home समाचार तनहुँका नौ स्थानीय तहले ल्याए साढे छ अर्बको बजेट

तनहुँका नौ स्थानीय तहले ल्याए साढे छ अर्बको बजेट

by ईलालटिन
0 comment

तनहुँ । तनहुँ जिल्लाका १० मध्ये नौ पालिकाले आगामी आर्थिक वर्ष ०७८/७९ का लागि अनुमानित बजेट सार्वजनिक गरेका छन् । तीन नगरपालिका र छ गाउँपालिकाले एकैदिन आगामी वर्षका लागि बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । तनहुँमा चार नगरपालिका र ६ गाउँपालिका छन् । जिल्लाका स्थानीय तहले रु छ अर्ब ६९ करोड २२ लाख २३ हजार ५०० बराबरको अनुमानित बजेट सार्वजनिक गरेका हुन् । भानु नगरपालिकाले भने बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्न सकेन । राजनीतिक द्वन्द्वका कारण भानुमा नगरसभा हुन नसकेको हो ।नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमप्रसाद तिवारीले आफूहरु छलफलमै रहेको बताए। भानुमा बेलाबेलामा विवाद हुँदै आइरहेको छ । स्थानीय तहले आफ्ना प्राथमिकताको आधारमा बजेट विनियोजन गरेका छन् । सङ्घ, प्रदेशबाट आएको अनुदान र पालिकाको आन्तरिक आम्दानीको अनुमानका आधारमा बजेटको आकार निर्धारण गरिएको छ । जिल्लाको सबैभन्दा ठूलो र पुरानो नगरपालिका व्यासले सबैभन्दा बढी बजेट सार्वजनिक गरेको छ । नगरपालिकाले रु एक अर्ब ७७ करोड ८९ लाख १२ हजारको बजेट सार्वजनिक गरेको छ । चालु वर्षको तुलनामा रु २५ करोड बढीको बजेट प्रस्तुत गरिएको उपप्रमुख मीरा जोशीले बताए । उनका अनुसार बिहीबार पेश गरिएको नीति तथा कार्यक्रम पारित भएको र बजेटउपर छलफल बाँकी भएको बताए । त्यसका लागि असार २३ गते बैठक आह्वान गरिएको छ ।

शुक्लागण्डकी नगरपालिकाले चालु आर्थिक वर्षको भन्दा रु तीन करोड कम बजेट सार्वजनिक गरेको छ । शुक्लागण्डकीले रु एक अर्ब ६ करोड ८६ लाख २० हजारको बजेट सार्वजनकि गरेको छ । भिमाद नगरपालिकाले रु ५८ करोड ५६ लाख आठ हजारको बजेट पेश गरेको छ । उपप्रमुख शारदा खनालले पेश गर्नुभएको बजेटको आधाभन्दा बढी रकम सामाजिक विकास शीर्षकमा विनियोजन गरिएको छ । म्याग्दे गाउँपालिकाले रु ६५ करोड ८२ लाख ६१ हजारको बजेट सार्वजनिक गरेको छ । आँबुखैरेनी गाउँपालिकाले रु ६१ करोड ७० लाख ६१ हजारको बजेट सार्वजनिक गरेको छ । पर्यटकीय ‘हब’का रूपमा परिचित बन्दीपुर गाउँपालिकाले रु ५१ करोड ३४ लाख एक हजार ५०० को अनुमानित बजेट सार्वजनिक गरेको छ । ऋषिङ गाउँपालिकाले रु ५२ करोड र देवघाट गाउँपालिकाले रु ४८ करोड ६९ लाख ७८ हजारको बजेट सार्वजनिक गरेका छन् । घिरिङ गाउँपालिकाले जिल्लाका स्थानीय तहको तुलनामा सबैभन्दा कम बजेट ल्याएको छ । घिरिङले रु ४६ करोड ३४ लाखको बजेट सार्वजनिक गरेको छ । राताेपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com