Home फोटो फिचर कुस्मा नजिक ‘खारपानी झरना’ प्राकृतिक सुन्दरताले भरिपूर्ण (दृश्य चित्र)

कुस्मा नजिक ‘खारपानी झरना’ प्राकृतिक सुन्दरताले भरिपूर्ण (दृश्य चित्र)

by ईलालटिन
0 comment

पर्वत । जिल्लाको कुस्मा नगरपालिका वडा नम्बर ९ ज्ञादीमा रहको ‘खारपानी झरना’ प्राकृतिक सुन्दरताले भरिपूर्ण रहँदारहँदै पनि लुकेर बस्नु परेको छ । कुस्मा ज्ञादी अग्लो झोलुङ्गे पुल हुँदै यस स्थानमा पुग्न सकिन्छ ।

मोदी खोला छेउको सिरमा रहेको यस ‘खारपानी झरना’मा कुस्मा बडगाउँ हुँदै मोदीवेनीधामबाट पुल तरेर समेत केही अप्ठ्यारा बाटा सँग जुध्दै झरना सम्म पुगेर गर्मीको यो समयमा मज्जा लुट्न सकिन्छ ।

धार्मिक स्थल मोदीवेनी धामबाट नजिक पर्ने भएको कारणले पनि यस झरनाको प्रचारप्रसार गर्न सकने हो भने आन्तरिक पर्यटकहरूको भिड् बढाउन सकिने छ ।

पछिल्लो समय कुस्मा ‘एडभेन्चर्स टुरिजम’को अभ्यासमा लागिरहेको बेला सदरमुकाम नजिकै रहेको ‘खारपानी झरना’ले महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने देखिन्छ ।

प्रकृतिले ‘मेरो भरपुर उपयोग गर’, भनिराख्दा समेत आँखा र कान बन्द गरेर बस्न सख्त मनाही छ, है ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com