Home विशेष नाङलिवाङ वडाको अभियानमा प्रशासनको कैँची

नाङलिवाङ वडाको अभियानमा प्रशासनको कैँची

by ईलालटिन
0 comment

पर्वत ।  जलजला गाउँपालिका वडा नम्वर ८ नाङलिवाङले कोरोना बिरामीहरूको उपचारमा सहयोग पु¥याउने भन्दै एक हप्ता अघि आर्थिक सहयोगका लागि अपिल गरेको थियो । सोही अनुरूप विदेशबाट सहयोग आउने सिलसिला चलिरहेकै बेला जिल्ला प्रशासन कार्यालय पर्वतले सूचना जारी गर्दै भन्यो, ‘आफू खुसी जथाभाबी रकम सङ्कलन गर्ने कार्य बन्द गरिदिनु होला ।’ प्रशासनले यो पनि भन्यो, ‘कसैलाई स्वैच्छिक रकम सहयोग गर्न चाहेमा राष्ट्रिय वाणिज्य बैङ्क, सिंहदरबार परिसर शाखामा रहेको कोरोना भाइरस सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा रकम जम्मा गरिदिनु होला ।’

यता वडा अध्यक्ष हरि विकास जि।सीले बेल्जियममा बस्ने नाङलिवाङ बासीहरूले उठाएको रकमलाई व्यवस्थित गर्नका लागि वडाले मध्यस्थता मात्र गरिदिएको बताए । ‘वडाले सहयोग रकम सङ्कलन गरेको नभई, बेल्जियममा भएका नाङलिवाङ बासीहरूको अनुरोधले बिचमा बसेर सहजकर्ताको भूमिका निर्वाह गरेको हुँ ।’, उनले भने, ‘उहाँहरूले वडाले सहजीकरण गर्दियो भने विश्वासिलो र रकम पनि पारदर्शी हुन्छ, भनेपछि मैले वडाको लेटर प्याडमा सहयोगका लागि अपिल गरेको हुँ ।’

एक हप्ता अघि ज्येष्ठ १ गते वडाले ‘जो जस सँग सम्बन्ध छ ’ भन्दै आर्थिक सहयोगको लागि आग्रह गरेको थियो । ‘यस वडामा रहेको २० शय्याको आइसोलेसन कक्षमा कोरोना सङ्क्रमितहरूको सङ्ख्या दिनप्रतिदिन बढिरको र अक्सिजन सिलिन्डर कमी हुँदा बिरामी तलमाथि हुन सक्ने समस्या रहेको छ ।’ वडा अध्यक्ष जि।सीको हस्ताक्षर रहेको सहयोग अपिल पत्रमा थप भनिएको छ, ‘समस्यालाई पूर्व तयारी गर्न मध्यनजर गर्दै कोरोना आइसोलेसन कक्षका लागि केही थान ‘अटोमेटिक अक्सिजन इलेक्ट्रिक मेसिन’ आवश्यक रहेकोले देश विदेशमा रहेका नाङलिवाङ बासी सँग आर्थिक सहयोग गरिदिन अनुरोध गर्दछु ।’

जिल्ला प्रशासनको सूचनाले स्वतःस्फूर्त बिरामीको सहयोगमा खटिने हामीहरू जस्तालाई निरुत्साहित बनाएको छ । ‘राज्यले आवश्यक पर्ने सामानहरूको जोहो गर्दिने हो भने यसरी सहयोगको हात फैलाउनु पर्ने नै थिएन ।’ अध्यक्ष जि।सीले भने, ‘केही दिनमै विदेशमा रहेका नाङलिवाङ बासीहरूको सहयोगमा एम्बुलेन्स ल्याउँदै छौँ, अब त्यसलाई पनि रोक्ने त रु, सामाजिक काम त गर्न पाउनु प¥यो नि, जहाँ पनि राज्यले भाँजो हाल्ने काम गर्नु भएन ।’
अध्यक्ष जि।सीले ५ थान ‘अटोमेटिक अक्सिजन इलेक्ट्रिक मेसिन’ खरिद गरिसकिएको र केही दिनमै वडामा आइपुग्ने बताए । ‘बेल्जियमका साथीहरूले खरिद प्रक्रिया सकिसक्नु भयो, मोना म्याग्दीले ल्याउनका लागि सहजीकरण गरिदिएको छ ।’ उनले भने, ‘यसले कोरोनाका बिरामीहरूलाई उपचारमा सहयोग मिल्ने छ ।’

यता प्रमुख जिल्ला अधिकारी देवी पाण्डे खत्रीले वडाले सहयोगको नाममा पैसा उठाउन नमिल्ने बताइन । पैसा उठाएको भन्ने जानकारी अनुसार नाङलिवाङ वडालाई रकम सङ्कलन कार्य बन्द गर्न आग्रह गरिएको खत्रीले बताइन । ‘रकम सङ्कलन रोक्न भनेका छौँ, अटेर गरेमा कानुन बमोजिम कारबाही हुन्छ ।’ प्रजिअ खत्री ।

 

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com