Home समाचार भारतमा बिहिबार ३४ दिनपछि सबैभन्दा कम कोरोनाका संक्रमित भेटिए

भारतमा बिहिबार ३४ दिनपछि सबैभन्दा कम कोरोनाका संक्रमित भेटिए

by ईलालटिन
0 comment

काठमाडौं  । भारतमा कोरोना संक्रमणको ग्राफ क्रमशः कम हुँदै गएको छ । पछिल्लो २४ घण्टामा २.५९ लाख संक्रमित भेटिएका छन् जबकी ३.५७ लाख बिरामी निको पनि भएका छन् । यद्यपि, महामारीका कारण ज्यान गुमाउनेको आँकडा एकपटक पुनः चार हजार पार भएको छ । बिहिबार ४,२०८ बिरामीको मृत्यु भएको छ । यसरी सक्रिय संक्रमित अर्थात् उपचार गराइरहेका बिरामीको संख्यामा १.०२ लाखको कमी आएको छ ।बिहिबार कोरोनाका नयाँ संक्रमितको आँकडा २४ दिनमा सबैभन्दा कम रह्यो । यसअघि १६ अप्रिलमा २.३४ लाख नयाँ संक्रमित भेटिएका थिए । लगातार ८ दिनदेखि नयाँ संक्रमितको तुलनामा निको हुने संक्रमितमा कमी आइरहेको छ । यसका कारण उपचार गराइरहेका बिरामीको संख्यामा लगातार कमी आइरहेको छ । कोरोनाको दोस्रो लहरमा सबैभन्दा धेरै ३७.४१ लाख सक्रिय संक्रमितको संख्या ९ मेमा थियो । ११ दिनमा यो घटेर ३०.२२ लाख भएको छ ।

भारतमा कोरोना महामारी आँकडामाः
पछिल्लो २४ घण्टामा भेटिएका नयाँ संक्रमितः २.५६ लाख  पछिल्लो २४ घण्टामा कूल निको भएकाः ३.५२ लाख पछिल्लो २४ घण्टामा कूल मृत्युः ४,१४६  हालसम्म संक्रमित भइसकेकाः २.६० करोड  हालसम्म निको भएकाः २.२७ करोड  हालसम्म कूल मृत्युः २.९१ लाख  हाल उपचार गराइरहेका बिरामीको कूल संख्याः ३०.२४ लाख  राताेपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com