Home समाचार हमासले भन्यो सबैभन्दा रक्तपातपूर्ण थियो आइतबारः नेतन्याहूले भने, ‘यति छिट्टै शान्ति हुँदैन’

हमासले भन्यो सबैभन्दा रक्तपातपूर्ण थियो आइतबारः नेतन्याहूले भने, ‘यति छिट्टै शान्ति हुँदैन’

by ईलालटिन
0 comment

काठमाडौं  ।  प्यालेस्टिनी चरमपन्थी र इजराइली सेनाबीच संघर्ष एक हप्तापछि पनि जारी छ । सोमबार बिहान इजराइली सेनाले गाजाका थुप्रै इलाकामा ८० पटक हवाई हमला गरेका छन् । त्यसको थोरै बेर अघि प्यालेस्टिनी चरमपन्थी संगठन हमासले दक्षिणी इजराइलमा रकेट हमला गर्यो ।  गाजास्थित प्यालेस्टिनी अधिकारीहरुले एक हप्तादेखि जारी संघर्षमा आइतबार भएको हिंसालाई सबैभन्दा रक्तपातपूर्ण दिन बताएका छन् । उनीहरुका अनुसार आइतबार इजराइली हवाई हमलामा ४२ जनाको मृत्यु भएको छ जसमा १६ महिला र १० बालबालिका समावेश छन् ।  उता इजराइलका राष्ट्रपति बिन्यामिन नेतन्याहूले गाजामा प्यालेस्टिनी चरमपन्थी गुट हमासविरुद्ध इजराइली सैन्य अभियान ‘पूर्ण शक्ति’ का साथ जारी रहने बताएका छन् । नेतन्याहूले चेतावनीयुक्त लवजमा भने, ‘जहिलेसम्म आवश्यक पर्छ, हामी सैन्य कारवाही जारी राख्नेछौं । शान्ति कायम हुन अझै समय लाग्नेछ । संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेशले संघर्ष नथामिए पूरा क्षेत्र एक अनियन्त्रित संकटमा घेरिने चेतावनी दिएका छन् । संयुक्त राष्ट्रले गाजामा इन्धनको कमी हुनेबारे पनि चेतावनी दिएका छन् र यसका कारण अस्पताल र अन्य आवश्यक सेवामाथि असर पर्नेसक्ने आँकलन गरेका छन् ।

इजराइली सेनाका अनुसार प्यालेस्टिनी चरमपन्थीले पछिल्लो एक हप्तामा इजराइलमाथि ३ हजारभन्दा बढी रकेट दागेका छन् । उनका अनुसार पछिल्लो एक हप्तादेखि जारी हमलामा इजराइलमा दुई बालबालिकासमेत १० व्यक्तिको मृत्यु भएको छ । इजराइल र प्यालेस्टिनीबीचको संघर्षमा गाजामा हालसम्म कूल १९७ जनाको मृत्यु भइसकेको छ जसमा ५८ बालबालिका र ३४ जना महिला छन् । हमलामा कूल १,२३५ जना घाइते भएका छन् । यो जानकारी हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयले दिएको हो । इजराइलका अनुसार मृत्यु हुनेमा हमासका थुप्रै चरमपन्थी पनि छन् । यसैबीच संयुक्त राष्ट्र सुरक्षा परिषदले गाजामा सिजफायर (युद्धविराम) लागू गराउनका लागि अन्तर्राष्ट्रिय मध्यस्थतासँग एक बैठक गरे । संयुक्त राष्ट्र महासचिवले यो बैठकको सुरुवातमा भने, ‘गाजामा भइरहेको हिंसा असाध्यै भयानक छ र यो संघर्ष तुरुन्त रोक्नुपर्छ । प्यालेस्टिनी अधिकारीका अनुसार हिंसाको सुरुवातदेखि हालसम्म गाजाका लागि आइतबार सबैभन्दा भयानक रह्यो । आइतबार मध्यरात लगत्तै गाजाको एक व्यस्त गल्लीमा इजराइली हवाई हमला भयो जसमा कम्तीमा तीन भवन नष्ट भयो र दर्जनौं मानिस घाइते भए । यता हमासले पनि आइतबार दिउँसो र राती दक्षिणी इजराइलको तर्फबाट लगातार रकेट दागे । यो हमलापछि चेतावनीयुक्त साइरन बज्न थाले र लाखौं इजराइलीले सुरक्षित स्थानमा शरण लिए । हमलाका बीच प्यालेस्टिनीले पनि आफूलाई चाउने कोसिस गरे तर ठूलो जनसंख्या र कम स्रोत साधन भएको गाजामा उनीहरुका लागि सुरक्षित स्थान खोज्नुको विकल्प शून्य बराबर थियो । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com