Home समाचार भारतः २४ घण्टामा ३.४३ लाख संक्रमित भेटिए, ३.४४ लाख निको भए

भारतः २४ घण्टामा ३.४३ लाख संक्रमित भेटिए, ३.४४ लाख निको भए

by ईलालटिन
0 comment

काठमाडौं  । भारतमा कोरोना संक्रमितको संख्यामा कमी आइरहेको छ । पछिल्लो २४ घण्टामा भारतमा ३ लाख ४२ हजार ८९६ कोरोना संक्रमितको पहिचान भएको छ जबकी ३ लाख ४४ हजार ५७० निको भएका छन् र ३,९७७ बिरामीको मृत्यु भएको छ । मे महिनामा नयाँ बिरामीभन्दा निको हुने संख्या धेरै भएको यो तेस्रो पटक हो । चार दिन अघि १० मेमा ३.२९ लाख संक्रमित भेटिएका थिए र ३.५५ लाख संक्रमित निको भएका थिए । त्यसको भोलिपल्ट ११ मे मा ३.४८ लाख नयाँ बिरामीको तुलनामा ३.५५ लाख संक्रमित निको भएका थिए । कोरोनाको दोस्रो लहरमा सबैभन्दा धेरै सक्रिय संक्रमित अर्थात्, उपचार गराइरहेका बिरामीको संख्या ९ मेमा ३७.४१ लाख थियो जुन अब घटेर ३७ लाख भएको छ । बिहिबार यसमा ५,७५३ को कमी आयो । भारतमा निको भइसकेका कोरोना बिरामीको संख्या २ करोडभन्दा बढी भएको छ  पछिल्लो २४ घण्टामा कूल निको भएकाः ३.४२ लाख  पछिल्लो २४ घण्टामा कूल मृत्युः ३,९९७  पछिल्लो २४ घण्टामा कूल निको भएकाः ३,४४,५७०  हालसम्म कूल संक्रमित भएकाः २.४० करोड  हालसम्म निको भएकाः २ करोड  हालसम्म कूल मृत्युः २.६२ लाख  हाल उपचार गराइरहेका बिरामीको कूल संख्याः ३७ लाख  रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com