काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्नुभन्दा ४ दिन अगावै सांसदलगायत कर्मचारीको कोरोनाभाइरस कोभिड—१९ परीक्षण गरिएको छ । वैशाख २७ गते बस्ने प्रतिनिधिसभाको बैठकसम्ममा सांसद र कर्मचारी संक्रमति हुन सक्ने सम्भावना भएपनि बुधबार / बिहिबार कोरोना परीक्षण गरिएको हो । कोरोना संक्रमित जुन बेलापनि हुन सक्ने भएकाले तीन/तीन दिनको अवधिमा सांसद र कर्मचारीको स्वाब संकलन गरेर पीसीआर परीक्षण गरिने भएको छ । संक्रमणको आशंका लागेमा जुन समयमा पनि पिसिआर सकिन्छ । तर, सांसद कर्मचारीलाई तीन/तीन दिनको अवधिमा पिसिआर तथा एन्टिजोन परीक्षण गरिने भएको छ । संक्रमणको उच्च जोखिम रहेकाले सांसद भवनमा कडा निगरानी राखिने भएको छ । सांसदहरु आप्mनो सिट बाहेक अन्य सिटमा बस्न पाउने छैनन् । सामाजिक दूरी कायम गरिने छ । यदि सांसदले मास्क नलगाउने वा चिउँडोमा झारेको खण्डमा सुरक्षाकर्मी भित्र पस्न नदिने, संक्रमितलाई होटल आइसोलेशनमा राख्ने, कोरोना परीक्षण गरिएपनि ज्येष्ठ उमेर समूहका सांसद, दीर्घरोगीलाई फ्रन्टलाइन नराखेर छुट्टै कडा निगरानीमा राखिने संघीय संसदका बैठक सञ्चालन स्वास्थ्य सुरक्षा मापदण्ड सम्बन्धमा छलफलमा सहभागी एक चिकित्सकले बताए ।
प्रतिनिधिसभा बैठकका लागि सांसदलाई तोकियो यस्तो स्वास्थ्य मापदण्ड
133
previous post