Home समाचार ललितपुरमा प्रहरी परिचालन गरेर अक्सिजन सिलिन्डर संकलन

ललितपुरमा प्रहरी परिचालन गरेर अक्सिजन सिलिन्डर संकलन

by ईलालटिन
0 comment

काठमाडौं । ललितपुरमा प्रहरी परिचालन गरेर अक्सिजन सिलिन्डर संकलन गरिएको छ । अस्पतालमा कोभिड–१९ बाट संक्रमित बिरामीको चाप बढेपछि अत्यावश्यक अक्सिजन सिलिन्डर संकलन गरिएको बताइएको छ । महानगरीय प्रहरी परिसर ललितपुरको अगुवाईमा संकलन गरिएको १ सय ५९ वटा सिलिन्डर जिल्लाका ४ वटा अस्पताललाई बितरण गरिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकले कोभिडका विरामीको प्रयोजनका लागी ति सिलिन्डर वितरण गरेको हो ।​ डिसिसिएमसीको निर्णय अनुसार पाटन अस्पताललाई ५० थान, किष्ट मेडिकल कलेजलाई ५० थान, बज्रबाराही अस्पताल चापागाउँलाई १० थान र अल्का अस्पतालाई १५ थान अक्सिजन सिलिन्डर वितरण गरिएको छ । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com