Home समाचार भारतका पूर्व केन्द्रीय मन्त्री चौधरी अजित सिंहको कोरोनाका कारण मृत्यु

भारतका पूर्व केन्द्रीय मन्त्री चौधरी अजित सिंहको कोरोनाका कारण मृत्यु

by ईलालटिन
0 comment

काठमाडौं  ।  भारतको राष्ट्रिय लोकदल (आरएलडी) का प्रमुख र पूर्व केन्द्रीय मन्त्री चौधरी अजित सिंहको बिहिबार बिहान निधन भएको छ । ८२ वर्षका चौधरी अजित सिंहले गुडगावको एक नीजि अस्पतालमा अन्तिम सास फेरे । उनी २० अप्रिलदेखि कोरोनाद्वारा संक्रमित थिए । फोक्सोमा संक्रमण भएका कारण उनलाई निमोनिया भएको थियो । पछिल्लो दुई दिनदेखि उनको स्थिति गम्भीर थियो । उनका छोरा चौधरी जयंत सिंहले सोसल मिडियामा यसको जानकारी दिए । अजित सिंहको दबदबा पश्चिमी उत्तर प्रदेशमा निकै धेरै थियो । उनी जाट समुदायका ठूला नेता मानिन्थे । उनी थुप्रै पटक केन्द्रीय मन्त्री पनि रहेका थिए । तर पछिल्लो २ लोकसभा चुनाव र २ विधानसभा चुनावका बेला राष्ट्रिय लोकदलको ग्राफ तीब्र रुपमा खस्कियो । यसै कारण अजितले लोकसभा चुनाव हारेका थिए । अजित सिंहका छोरा जयन्त चौधरीले पनि मथुरा लोकसभा सिटबाट चुनाव हारेका थिए । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com