Home समाचार आरडीटी परीक्षणमा गण्डकीका मुख्यमन्त्रीमा कोरोना पोजेटिभ देखियो

आरडीटी परीक्षणमा गण्डकीका मुख्यमन्त्रीमा कोरोना पोजेटिभ देखियो

by ईलालटिन
0 comment

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई कोरोना संक्रमणको आशंका गरिएको छ । प्रदेशसभामा अविश्वास प्रस्ताव पेश भएपछि केन्द्रदेखि प्रदेशसम्मका नेताहरुसँग भेटघाटमा व्यस्त भएका मुख्यमन्त्री गुरुङको स्वास्थ्यमा समस्या देखिएपछि -यापिड डाइग्नोस्टिक टेस्ट (आरडिटी) परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको छ । कोभिड संक्रमण पत्ता लगाउन किट प्रविधिमा गरिने आरडिटी परीक्षण आरडीटी हो । मुख्यमन्त्री गुरुङले टाउको दुखाइ र ज्वरो बढेपछि गरिएको आरडिटी परिक्षण पोजेटिभ देखिएपछि मंगलबार पीसीआर टेस्ट समेत गराएका छन् । पीसीआर परिक्षणको रिपार्ट आज आउने बताइएको छ ।

मुख्यमन्त्री गुरुङका प्रेस संयोजक विक्रम न्यौपानेले मुख्यमन्त्री गुरुङको आरडिटी पोजेटिभ आएको जानकारी दिए । उनले आरडिटी पोजेटिभ आएपछि पीसीआर परिक्षणका लागि स्वाब दिएपनि रिपोर्ट नआएको बताए ।संयोजक न्यौपानेलाई समेत कोरोना संक्रमण देखिएपछि तीन दिनदेखि होम आइसोलेसनमा बसेका छन् । न्यौपानेका संक्रमण देखिएपछि मुख्यमन्त्री गुरुङ कन्ट्याक्ट ट्रेसिङमा परेका थिए । मुख्यमन्त्री गुरुङले १४ गते गराएको पिसिआर परिक्षणको रिपोर्ट भने नेगेटिभ आएको थियो । गण्डकी प्रदेशमा संसद चलिरहेको अवस्थामा यही बैशाख १५ गते जनमोर्चाका सांसद खिम विक्रम शाही बेपत्ता भएपछि अवरुद्ध भएको संसद सुचारु गर्न मुख्यमन्त्री गुरुङ सहित पाँच दलको बैठक मंगलबार बसेको थियो । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com